२ जेष्ठ २०८१, बुधबार / Wed May 15, 2024

‘विदेश जान त्रिभुवन विमानस्थल पुगेका मानिस बिमानस्थलबाटै फर्कन बाध्य !’


काठमाडौं । कोरोना भाइरसका कारण विभिन्न देशहरूले स्वास्थ्य मापदण्ड पटकपटक परिवर्तन गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका कैयौँ यात्रुहरू गन्तव्य मुलुकतर्फ जान नपाई फर्किनुपर्ने अवस्था आएको अधिकारीहरूले बताएका छन् ।
विशेषगरी वैदेशिक रोजगारीका लागि खाडी मुलुक जान लागेका नेपाली श्रमिकहरूले त्यस्तो समस्या भोगिरहेका छन् । सोमवार मात्र संयुक्त अरब इमिरेट्स (यूएई) जानका लागि काठमाण्डूस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका सयौँ यात्रुहरूलाई अन्तिम समयमा फर्काइएको खबरहरू आएका छन् ।
कतिपय यात्रुलाई भने परिवर्तन भएका उडान मापदण्डबारे जानकारी नहुँदा पनि विमानस्थलमा सास्ती हुने गरेको जानकारहरूको भनाइ छ ।
सोमवार यूएई जान विमानस्थल पुगेका यात्रुहरू रातको समयमा उडान नहुने सूचना आएपछि निराश भएर फर्किनु परेको उड्डयन अधिकारीहरूले जानकारी दिए ।

यसो भन्छन् नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरु :

पहिले दुबईले चार घण्टाअघिको (कोभिडको) द्रुत परीक्षणलाई मान्यता दिएको थियो । अब चार घण्टाअघिको त मान्ने भयो तर त्यो विमानस्थल परिसरभित्रै गरिएको परीक्षण हुनुपर्ने भयो । त्यसैले गर्दा सोमवार उडान रोकियो ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि