३ जेष्ठ २०८१, बिहिबार / Thu May 16, 2024

लकडाउन भएपछि चिनियाँ व्यापारी नआउँदा ‘रुद्राक्षको कारोबार ठप्प’


काठमाडौं । संखुवासभाको प्रमुख आय आर्जनका रुपमा रहेको रुद्राक्ष व्यवसाय लकडाउनका कारण ठप्प भएको छ ।
वर्षेनी ३ अर्ब भन्दा बढीको आर्थिक कारोबार भइरहेको रुद्राक्ष चिनियाँ व्यापारी नआउँदा ठप्प भएको छ । लकडाउनको अवधी अघि गाउँ गाउँमा छ्याप्छाप्ती पुग्ने चिनियाँ व्यापारीहरु यस वर्ष देखिएका छैनन् । सयौंको संख्यामा रुद्राक्ष कृषकहरु थपिएका छन्, व्यापार भने शुन्यमा झरेको छ ।
गाउँका खेतबारी रुद्राक्ष बोटले भरिएका छन्, तर व्यापार हुने कुनै सम्भावना भने घट्दै गएको छ ।
संखुवासभा र भोजपुरमा वर्षेनी अर्बौंको रुद्राक्ष कारोबार हुँदै आएकोमा गतवर्ष पनि लकडाउनले कारोबारमा घाटा खाएपछि यस वर्ष कृषकले रुद्राक्षमा थप लगानी गरेका थिए ।
चिनियाँ व्यापारीले भरिने खाँदबारीका सडक, गाउँघर र होटल पसल पनि यसवर्ष सुनसान देखिन्छन् । रुद्राक्षको व्यापार व्यवसायमा लगानी गर्ने कृषक र ठेकेदार सुस्ताउँदा व्यापार व्यवसायमा समेत मन्दी आएको छ ।
चिनियाँ व्यापारीहरु आउन थालेपछि भारतीय व्यापारीहरु पूणर्रुपमा बिस्थापित बन्दा बजार खुम्चिएको आँकलन पनि गरिएको छ । चिनियाँ व्यापारी प्रवेश गर्नुअघि भारतीय व्यापारीहरुले भारत हुँदै विश्वबजारमा रुद्राक्ष पुर्‍याउँथे । उनीहरुले प्राय मुखदार दाना मात्र लैजान्थे । पछि चिनियाँ व्यापारीले बढी मूल्य हाल्न र सबै किसिमका रुद्राक्ष खरिद गर्न थालेपछि उनीहरु बिस्थापित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि