३ जेष्ठ २०८१, बिहिबार / Thu May 16, 2024

रोजगारीका लागि देश छाड्नेहरुको ‘भिड बढेको बढ्यै’


काठमाडौं । पछिल्लो समय कोरोनाले केही सहज हुन थालेपछि वैदेशिक रोजगारीको लागि देश छोड्नेहरुको भीड बढेको बढ्यै छ । रोजगारीका लागि देश छाड्नेहरुको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिड लागेको छ । मंगलबार बिहान विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलतर्फ बाक्लो भीड देखिन्थ्यो ।
दर्जनौं युवाहरु विदेश उड्नका लागि विमानस्थल प्रवेश गर्न लाम लागेका छन् । यो भिडमा कोरोना संक्रमणबाट जोगिन अपनाउनुपर्ने भौतिक दुरी पनि कायम भएको देखिंदैन ।
भीडमा उभिएका अधिकांश खाडी मुलुक जान लागेकाहरु हुन् । स्वदेशमै रोजगारीको ग्यारेन्टी नभएपछि देश र परिवार छाड्न बाध्य भएको ती युवाहरुको गुनासो छ ।
वैदेशिक रोजगारीका लागि जानेहरुको यस्तो भिड दैनिकजसो लाग्ने विमानस्थलका कर्मचारीहरु बताउँछन् । विदेश जानेहरुलाई कोरोना भाइरसविरुद्धको खोप लगाएको प्रमाणपत्र अनिवार्य गरिएको छ । यसअघि टेकु अस्पतालबाट खोप लगाएको प्रमाणपत्र लिनेहरुको भिड पनि अचाक्ली देखिएको थियो ।
कोरोना संक्रमणका कारण वैदेशिक रोजगारी प्रभावित भएको थियो । गत वर्ष असारदेखि वैदेशिक रोजगारीमा जाने क्रम भदौदेखि पुनः सुरु भएको थियो । तर दोस्रो लहरका कारण अन्तर्राष्ट्रिय उडान नै रोकिएपछि फेरि नेपालीहरु विदेश जान पाएका थिएनन् । हाल कोरोनाविरुद्धको खोप लगाएको प्रमाणसहित रोजगारीमा आउन अनुमति दिएपछि फेरि विदेश जानेक्रम बढेको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि