२१ बैशाख २०८१, शुक्रबार / Fri May 3, 2024

औषधि (तेस्रो संशोधन) अध्यादेश निष्क्रिय, तर खरीद र प्रयोगमा ‘कानुनी बाधा छैन’


काठमाडौं । नेपालमा कोरोना भाइरसविरुद्धको खोपको आपतकालीन प्रयोगको बाटो खोलेको औषधि (तेस्रो संशोधन) अध्यादेश निष्क्रिय भएसंगै खोप प्रयोग र खरीदमाथि कानुनी प्रश्न उठेको छ ।
२०७७ मंसिर ४ गते राष्ट्रपतिबाट जारी अध्यादेशले विश्व स्वास्थ्य संगठनमा सूचीकृत भएका वा सम्बन्धित मुलुकको औषधि नियामक निकायले दर्ता गरेका खोप आपतकालीन प्रयोगका लागि बाटो खोलेको थियो । उक्त अध्यादेश सरकारले साउन ३ गतेको संसद बैठकमा पेश गरेको थियो । तर ६० दिनसम्म संसदबाट पारित नभएका कारण भदौ ३० गतेदेखि निष्क्रिय भएको हो ।
अध्यादेश निष्क्रिय भए पनि यसअघि आपतकालीन प्रयोगको अनुमति पाइसकेका खोपको खरीद र प्रयोगलाई असर पर्ने छैन भने नयाँ खोप र औषधिलाई आपतकालीन प्रयोगको अनुमति दिन मिल्ने छैन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अध्यादेश निष्क्रिय भए पनि यसअघि आपतकालीन प्रयोगको अनुमति पाइसकेका खोप तथा औषधि प्रयोग र खरीद गर्न कानुनी बाधा छैन । तर, अध्यादेश निष्क्रिय भएका कारण नेपालमा यसअघि दर्ता नभएका खोप र औषधीले भने आपतकालीन प्रयोगको अनुमति पाउने छैनन् ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि