२१ बैशाख २०८१, शुक्रबार / Fri May 3, 2024

जगन्नाथ गिरीको संक्षिप्त परिचय


जगन्नाथ गिरी भद्र, मिलनसार, सभ्य, सालीन, दूरदृष्टि र कुशल नेतृत्वकर्ताका रुपमा चिनिनुहुन्छ । घर राम्रोभन्दा पनि जग राम्रो बनाउनुपर्छ भन्ने उहाँको बारेमा उहाँकै शब्दमा यहाँ प्रस्तुत गरिएको छ ।

जय नेपाल । म जगन्नाथ गिरी । नेपाली काङ्ग्रेसको तेह्रौं महाधिवेश २०७२ माघ १५ गते भएको धुलिखेल नगरपालिका वडा नं. ४, सभापति पदमा निर्वाचित सभापति हुँ । मेरो जन्म २०१९ साल वैशाख १ गते इन्द्रावती गाउँपालिका वडा नं. २ निवासी पिता तीलकबहादुर गिरी तथा माता रत्नकुमारी गिरीको माहिलो छोरा हुँ । मेरो प्रारम्भिक शिक्षा महेन्द्र मा.वि. भोर्ले सि.पि.जि.बाट र एस.एल.सी. नन्दी रात्री मा.वि. नक्सालबाट पुरा गरेको छु । मेरी श्रीमति उर्मिला गिरी, छोरीहरु जमुना, सन्तोषी, ज्ञानु गिरी र छोरा इ. जपेन्द्र गिरी हुन् । मेरो सरकारी सेवा गृह मन्त्रालय अन्र्तगत प्रहरी सेवामा २०३३ साल वैशाख २९ गते प्रहरी जवान पदमा भर्ना भई विभिन्न ठाउँमा सरुवा र बढुवा भएर २०६४ साल चैत्र २५ गते प्र.नि. पदबाट अनिवार्य अवकाशप्राप्त पूर्व राष्ट्र सेवक हुँ ।
क) पार्टिको पहिलो महत्वपूणर् खुड्किलो वडा तहको महाधिवेशन हो । यसैबाट व्यवस्थित नेतृत्व चयन हुने भएको हुँदा सबल, सुदृढ एवं संस्थागत चुनौती र दायित्व हाम्रो सामु उपस्थित भएको छ । त्यसैले प्रष्ट भिजनरी भएको नेतृत्व चयन हुन आवश्यक छ । कार्यकर्ताको भावना र संवेदनालाई नेतृत्वले बुझ्नेले बुझ्ने र कदर गर्न सम्झनुपर्दछ ।
ख) १४ औं महाधिवेशनको यस महत्वपूणर् घडीमा विगतदेखि प्रारम्भ भएका लोकतान्त्रिक र सामाजिक रुपान्तर कार्यक्रमहरुलाई निरन्तरता दिँदै थप नयाँ सामाजिक नीति र कार्यक्रम कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।
ग) बदलिदो राजनीति, सामाजिक, आर्थिक र साँस्कृतिक सन्दर्भमा सबै क्षेत्र, वर्ग, धर्म, लिङ्ग, जातजातिका विपन्न, बहिष्कृत, सिमान्तकृत समुदायहरुको क्षमता विकासमा सघाउ पुर्‍याउने छौँ ।
घ) पार्टिलाई ऊर्जाशिल गर्ने नेतृत्व चाहिएको छ ।

  • गुणस्तरीय शिक्षा र स्वास्थ्य पूणर् निःशुल्क ।
  • भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन ।
  • समाजिक सुरक्षा/सामाजिक न्यायमा क्रान्ति ।
  • २०७२/१०/०८ गते नेपाल सरकार (मन्त्री परिषद्) को बैठकबाट जनसहभागितामा आधारित सौर्य सडक बत्ति कार्यक्रम सञ्चालन ।
  • २०७२ सालको महाभुकम्पबाट क्षतविक्षत क्षतिग्रस्त बस्तिहरुमा घरपरिवारको विवरण सहितको लगन संकलन ।
  • २०७२/२/७ गते मित्र राष्ट्र भारतबाट रामकृष्ण मिशन लगायत विभिन्न संघसंस्थाबाट राहात वितरणमा सहयोग गरेको ।
  • २०७४/२/४ गते निर्वाचनमा स्थानीय वडा स्तरमा ५ सिट विजय प्राप्त भएको (१३५, काभ्रे) उदाहरणीय तथा अनुकरणीय कार्य गरेको ।

सामाग्री संकलन : सुशिल कोइराला अरुको दृष्टिमा
प्रकाशन : क) ‘धनुषा ट्राफिक दर्पण’ नामक पुस्तक, ख) काभ्रेली पूर्वप्रहरी कर्मचारी टेलिफोन कोश, ग) ‘नेपालभूमि साप्ताहिक’ पत्रिकामा विभिन्न लेखहरु
पुरस्कार : क) उत्कृष्ट ट्राफिक प्रहरी पुरस्कार, २०६१, ख) कवाज/शारीरिक व्यायाममा प्रथम पुरस्कार, ग) प्रहरी अधिकृत ६७ औँ टोलीमा द्वितीय पुरस्कार
सम्मान : क) नागरिक सम्मान, २०६१ (जनकपुर अञ्चल), ख) प्रहरी दिवस सम्मान, २०७२ (काभ्रेपलाञ्चोक जिल्ला)
विभूषण : प्रहरी सेवापदक, दुर्गम सेवापदक, सार्क सेवापदक, दीर्घ सेवापदक

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि