५ जेष्ठ २०८१, शनिबार / Sat May 18, 2024

बागमति प्रदेश : एमालेले गुमायो तेस्रो मुख्यमन्त्री, ‘अष्टलक्ष्मी शाक्यद्वारा राजीनामा’


काठमाडौं । प्रदेश सभाको पहिलो निर्वाचनपछि सबैभन्दा धेरै मत ल्याएर सातमध्ये चार प्रदेशमा सरकारको नेतृत्व गरेको नेकपा एमालेले एउटाबाहेक सबै प्रदेश सरकारको नेतृत्व गुमाएको छ ।
बुधवार बागमती प्रदेशमा आफ्नो सरकार गुमाएसँगै एमाले नेतृत्वको सरकार अब प्रदेश नं १ मा मात्रै बाँकी छ । यसअघि एमालेले गण्डकी र लुम्बिनी प्रदेशको सरकार गुमाएको थियो ।
प्रदेशसभाबाट विश्वासको मत नपाउने निश्चित भएपछि मतपरीक्षणअघि नै बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेशसभा बैठकमा आफ्नो राजीनामाको घोषणा गरिन् ।
नेपालको संविधानको धारा ६९ को १ क बमोजिम मैले मुख्यमन्त्रीको नाताले मार्ग प्रशस्त गरेकी छु। छोटो समयमा पनि मलाई सहयोग गर्नुभएको छ त्यसका लागि म सबैलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु, राजीनामा घोषणा गर्दै शाक्यले भनिन् ।
गत भदौ २ गते मुख्यमन्त्री नियुक्त भएकी शाक्य नेपालको पहिलो महिला मुख्यमन्त्री थिइन् ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि