५ जेष्ठ २०८१, शनिबार / Sat May 18, 2024

इजलास बन्दप्रति विद्यार्थी आक्रोशित, ‘न्यायाधीशलाई इजलास बन्द गर्ने अधिकार कसले दियो !’


काठमाडौं । सर्वाेच्च अदालतमा लगातारको इजलास बन्दप्रति कानुनका विद्यार्थीहरुले नारा लगाएका छन् । नेशनल ल कलेज, नेपाल ल क्याम्पस तथा अन्य क्याम्पसका स्नातक र एलएलबी तहमा अध्ययनरत विद्यार्थीहरुले इजलास बन्द गरेका न्यायाधीशहरुविरुद्ध नारा लगाएका हुन् ।
नेशनल ल क्याम्पस झण्डै चार दर्जन विद्यार्थीले सर्वसाधारणको न्यायको निम्ति जुलुस निकालेको बताएका छन् । उनीहरुले नयाँ बानेश्वरदेखि माइतीघर मण्डलासम्म प्लेकार्ड बोकेर जुलुश निकालेका हुन् ।
प्रदर्शनकारीहरुले मिडिया ट्रायल बन्द गरौं, न्यायाधीशहरुलाई इजलास बहिष्कार गर्ने अधिकार कसले दियो ?, इजलास बहिष्कार गर्न पाईंदैन, गुटबन्दी बन्द गर, सेवाग्राहीलाई न्याय दे लगायतका नारा लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि