२१ बैशाख २०८१, शुक्रबार / Fri May 3, 2024

एमाले महाधिवेशन : केपी शर्मा ओली फेरि पार्टी अध्यक्षमा निर्वाचित (हेर्नुहोस पूरा विवरण)


काठमाडौं । संसद्को सबैभन्दा ठूलो दल नेकपा एमालेको अध्यक्ष पदमा नेता केपी शर्मा ओली पुनः निर्वाचित भएका छन् ।
चितवनको सौराहामा भएको दशौँ महाधिवेशनमा भएको निर्वाचनमा भीम रावललाई निकै पछाडि पार्दै ओली पाँच वर्षका लागि अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
मङ्गलवार बिहान विद्युतीय उपकरण प्रयोग गरेर निर्वाचन सम्पन्न भएको थियो ।
महाधिवेशनका लागि छानिएका कुल २,१५३ प्रतिनिधिमध्ये २,०९६ जनाले मतदान गरेका थिए ।
खसेको मतमध्ये ओलीले १,८४० ल्याएर विजय भएका हुन् । रावलको पक्षमा २२३ मत खसेको छ ।
काठमाण्डूमा आयोजित नवौँ महाधिवेशनमा ओलीले माधव नेपाललाई झिनो मतान्तरले पराजित गरेर अध्यक्ष निर्वाचित भएका थिए ।
आइतवार राति ओलीले ३०१ जनाको केन्द्रीय समिति सदस्यको नामावली सार्वजनिक गरेका थिए । तर उनले सार्वजनिक गरेको केन्द्रीय समिति सदस्य र १९ जना पदाधिकारीको नामावलीमा आफू नपरेपछि केही नेताले असहमति व्यक्त गरेका थिए ।
सर्वसम्मतिका आधारमा पदाधिकारी चयन गर्ने प्रयास विफल भएसँगै मङ्गलवार बिहान विभिन्न पदका लागि मतदान भएको थियो । अध्यक्ष, उपाध्यक्ष, सचिव र केन्द्रीय सदस्यका लागि मतदान भएको हो ।
यसअघि सोमवार वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिवमा शङ्कर पोखरेल र उपमहासचिवमा नेता प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ अनि विष्णु रिमाल सर्वसम्मत निर्वाचित भएका थिए ।
यसअघि नेता भीम रावलले लोकतान्त्रिक पद्धतिका लागि उम्मेदवारी दिएको र परिणाम जे भए पनि स्वीकार्ने बताएका थिए । ओलीले पदाधिकारीमा प्रस्तावित गरेका र अहिले विभिन्न पदमा उम्मेदवार बनेका केही नेता माओवादी छोडेर एमालेमा बसेका हुन् ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि