५ जेष्ठ २०८१, शनिबार / Sat May 18, 2024

माथिल्लो अरुणका लागि ८ अर्ब खर्चेर सुरुङसहितको पहुँचमार्ग


काठमाडौं । सरकारले यसै वर्षदेखि माथिल्लो अरुण जलविद्युत आयोजनाका लागि पहुँच मार्ग बनाउन सुरु गर्ने भएको छ । प्राधिकरणले २ किलोमिटर सुरुङ मार्गसहित करिब २१ किलोमिटर पहुँच सडक निर्माण भारतीय कम्पनीलाई ठेक्का दिने तयारी गरेको छ ।
बुधबार टेन्डरको मूल्यांकन सकाएर बोलपत्र स्वीकृत गर्ने आशयपत्र जारी गर्दै प्राधिकरणले भारतको गायत्री प्रोजेक्ट्स लिमिटेडलाई ठेक्का दिन लागेको जनाएको छ । उक्त कम्पनीले ७ अर्ब ९१ करोड ३९ लाख रुपैयाँ ठेक्का पाउन लागेको हो ।
सुरुङसहितको सडक निर्माण गरिने भएकाले स्थानीयको आर्थिक, सामाजिक अवस्था समेत बदल्न यो सडकमार्गले महत्वपूर्ण भूमिका खेल्ने प्राधिकरणको अपेक्षा छ ।
प्राधिकरणका कार्यकारी निर्देशक एवं प्रबद्र्धक अपर अरुण हाइड्रो इलेक्ट्रिक कम्पनीका अध्यक्ष कुलमान घिसिङ २ वर्षभित्र पहुँचमार्गको निर्माण सकाउने बताउँछन् । प्राधिकरणले आयोजनाको परामर्शदाता पनि छनोट गर्न बोलपत्र आह्वान गरिसकेको छ । भारत सरकारले पनि यो परियोजनामा आँखा लगाएको छ । अरुण बेसिनका अरुण तेस्रो निर्माण गरिरहेको भारतले तल्लो अरुण पनि पाइसकेको छ भने अरुण ४ नेपाल विद्युत प्राधिकरणसँग मिलेर निर्माण गर्ने समझदारी भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि