२ जेष्ठ २०८१, बुधबार / Wed May 15, 2024

जनसचेतन साकोसको सेवाकेन्द्र अब काठमाडौंको जडीबुटी चोकमा


काठमाडौं । जनसचेतन बचत तथा ऋण सहकारी संस्थाको सेवाकेन्द्र काठमाडौंको जडीबुटी चोकमा सञ्चालन गरिएको छ । काठमाडौं बस्ने शेयर सदस्यहरुको चाहनालाई ध्यान दिएर सेवाकेन्द्र उद्घाटन गरिएको हो । जनसचेतनका १५ हजारभन्दा बढी सदस्यहरु काठमाडौंमा बसी विभिन्न ब्यवसायमा लागेका छन् ।

संस्थाका अध्यक्ष हेमन्त चौलागाईको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा अध्यक्ष चौलागाईले ‘शेयर सदस्यहरुको निकै लामो समयदेखिको मागलाई पूरा गर्न सफल भएको बताउनुभयो’ । अब शेयर सदस्यले जडीबुटीमा सबैको पायक पर्ने स्थानमा सजिलै बित्तीय कारोबार गर्न पाउने कुरा सार्वजनिक गर्न पाउँदा खुशी लागेको उहाँले जानकारी दिनुभयो ।

सेवाकेन्द्रको उद्घाटन प्रमुख अतिथि राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केवी उप्रेतीले रिबन काटेर एवं दीप प्रज्ज्वलन गर्दै गर्नुभएको थियो । साथै वैदिक परम्परा अनुसार स्वस्तीपाठ पनि गरिएको थियो ।

केन्द्रको उद्घाटन गर्दै उप्रेतीले अहिले सहकारी क्षेत्रलाई चारैतिरबाट आक्रमण भैरहेकोले यसका विरुद्द एकजुट हुन सबै सहकारीलाई आव्हान गर्नुभयो । उहाँले भन्नुभयो ‘यतिबेला सहकारीका लागि निकै ठूलो संकटको बेला भएकोले सहकारी अभियान जोगाउन सहकारीकर्मीहरु सचेत ढंगले आफ्नो क्षेत्रमा लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेफ्स्कुनका सन्चालक तथा बागमती प्रोस्कुनका महासचिव जीवसराज खड्काले सहकारी अभियानको उत्कृष्ट सहकारी जनसचेतन भएकाले अन्य सहकारीले पनि यसबाट सिकेर शेयरसदस्यको भावना अनुरुप काम गर्न आग्रह गर्नुभयो ।

जनसचेतनका संस्थाका संस्थापक अध्यक्ष यज्ञराज ढुंगेलले सबै सहकारीहरु सहकारीको मूल्य, मान्यता र कानून अनुसार चल्ने हो भने यो अभियानमा समस्या नहुने बताउनुभयो ।

जनसचेतनका पूर्व सिइओ कृष्णकुमार श्रेष्ठले जनसचेतन सहकारीले समयअनुसार आफूलाई बजारमा लैजान सकेकाले दिन प्रतिदिन सफलता हाँसिल गरेको बताउनुभयो ।

उद्घाटन कार्यक्रमका सहभागी शेयर सदस्य जयप्रसाद दाहालले भन्नुभयो ‘जडिबुटी चोकको दायाँपट्टी सन्चो भवनको छेउमा सजिलै पुग्न सकिने ठाउँमा सेवाकेन्द्र सुरु गरेकोमा आफूलाई निकै खुशी लागेको छ, जनसचेतलाई धन्यवाद दिन चाहन्छु र सबैलाई यस कार्यालयको जानकारी पनि दिन्छु ।’

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि