३ जेष्ठ २०८१, बिहिबार / Thu May 16, 2024

परोपकार महिला साकोसको आयोजनामा चप्पल बनाउने तालिम सञ्चालन


दोलखा । परोपकार महिला बचत तथा ऋण सहकारी संस्थाले ७ दिन भेलबेटको तालिम सञ्चालन गरेको छ ।
७ दिनसम्म सञ्चालन हुने तालिममा छनोट भएका १२ जना सहभागीहरूलाई व्यवसायी र आत्मनिर्भर बनाउने उद्देश्य रहेको छ । आफ्ना शेयर सदस्यहरुलाई आत्मनिर्भर मा सहजता ल्याउनको लागि परोकार महिला साकोसको आयोजना तथा भीमेश्वर नगरपालिकाको समन्वयमा ७ दिने भेलबेटको चप्पल बनाउने तालिम सञ्चालन गरिएको बताइएको छ ।
तालिममा सञ्चालक समिति, उपसमिति, कर्मचारी र अन्य सहभागीहरुकोे उपस्थिति रहेका छन् । संस्थाले प्रत्येक वर्ष फरक–फरक सीप विकासका तालिमहरु सञ्चालन गरि सदस्यहरूलाई आत्मनिर्भर बनाउने प्रयास गर्दै आएको छ ।
तालिम उद्घाटन सत्रमा परोपकार महिला साकोसकी अध्यक्ष शर्मिला सापकोटाको अध्यक्षतामा र भीमेश्वर नगरपालिकाका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका शाखा अधिकृत सुर्जा दाहालको प्रमुख आतिथ्यतामा भएको थियो । उक्त कार्यक्रममा संस्थाकी उपाध्यक्ष अप्सरा चौलागाई, कोषाध्यक्ष भवानी खड्का, तालिम प्रशिक्षक कविता अधिकारी र आवाज नेपाल दोलखाकी अध्यक्ष सृजना कार्की लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि