७ जेष्ठ २०८१, सोमबार / Mon May 20, 2024

बिन्धवासिनी साकोसको ३० औं स्थापना दिवस सम्पन्न, संस्थाको बहुउद्देश्यीय भवन उद्घाटन


बनेपामा मुख्य कार्यालय रहेको विन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाले ३० औं स्थापना दिवस मनाएको छ । संस्थाले एक विशेष कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाएको हो ।

संस्थाले स्थापना दिवसको अवसर पारेर बनेपामा निमार्ण गरेको नवनिर्मित बहुउद्देश्यीय भवनको समेत उद्घाटन गरेको छ ।

संस्थाका अध्यक्ष अध्यक्ष शान्त कुमार श्रेष्ठको सभापतित्व एवं भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री राजेन्द्र कुमार राईको प्रमुख आतिथ्यतामा दिवस मनाएको हो । सो अवसरमा मन्त्री राईले संस्थाको नवनिर्मित भवनको उद्घाटन गरेका छन्।

संस्थाले ३०।५ आना क्षेत्रफलमा बहुउदेश्यीय भवन निमार्ण गरेको हो । झन्डै १० करोड लागतमा निमार्ण गरिएको उक्त भवनबाट सदस्यहरुलाई वितीय लगायत अन्य सेवा प्रदान गर्ने लक्ष्य संस्थाको छ । संस्थाले २ वटा भवन निमार्ण गरेको हो । ब्लक ‘ए’ मा संस्थाको मुख्य भवन रहेको छ । उक्त भवनमा अन्डरग्राउन्ड सहित ६० टन क्षमताको कोल्डस्टोर रहेको छ ।

त्यसैगरी भवनको पहलो तल्लामा सदस्यहरुका लागि आवश्यक पर्ने दैनिक उपभोग्य वस्तु उपलब्ध गराउन मिनी मार्ट सञ्चालन गर्ने योजना संस्थाको छ । दोस्रो तलामा बनेपा सेवा कार्यालय र बाँकी २ तलामा कर्पोरेट कार्यालयका साथै अन्तिम तल्लामा आवासीय तालिम कक्ष सञ्चा गर्ने भएको छ ।

संस्थाले निमार्ण गरेको व्लक बी भवनमा मा सदस्यले उत्पादन गरेको कृषि उपज संकलन, ग्रेडिङ तथा प्याकेजिङका साथै बिक्री वितरण गने जनाएको छ भने माथिल्लो तलामा रेष्टुरेण्ट सञ्चालन गर्ने भएको छ । दिवसका अवसरमा संस्थाले उत्कृष्ट कर्मचारी तथा एसइइ परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरेको थियो ।

कार्यक्रममा सहकारी विभागका रजिष्ट्रार नमराज घिमिरे, राष्ट्रिय सहकारी महासंघका सञ्चालक डिबी बस्नेत, नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघका अध्यक्ष परितोष पौडेल, प्रोस्कूनका अध्यक्ष उद्दव सापकोटा लगायत विभिन्न संंघ सस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

काभ्रे जिल्लामा मात्र नभई मुलुककै एक उत्कृट संस्थाको रुपमा स्थापित विन्धवासिनी सहकारी संस्थाले सदस्यको आर्थिक, सामाजिक तथा साँस्कृतिक उत्थानमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ । २०५० सालमा ६२ हजार पुँजीबाट संस्था सुरु भएको थियो । हालसम्म आइपुग्दा संस्थामा ४८ हजार सदस्य र ९ हजार बाल सदस्य आवद्ध रहेका छन् । संस्थाको ४६ करोड ४२ लाख शेयर पुँजी,जगेडा तथा अन्य कोषमा ४६ करोड,बचत ३ अर्ब ६ करोड गरी कुल वासलत ४ अर्ब ४५ करोड पुगेको संस्थाका सिईओ के।बी। लामाले जानकारी दिए । संस्थाले सो अवसरमा रक्तदान कार्यक्रम समेत आयोजना गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि