७ जेष्ठ २०८१, सोमबार / Mon May 20, 2024

बुडोल सामुदायिक साकोसको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न


काभ्रे । बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. अन्तर्गत टुकुचा जागरण सवाकेन्द्र, नालाको आयोजना र संस्थाको महिला तथा सामाजिक साँस्कृतिक उपसमितिको संयोजनमा करुणामय मन्दिर परिसर नालामा सम्पन्न भएको छ ।

बनेपा हेल्थ केयर प्रा.लि.को प्राविधिक सहयोगमा आयोजित उक्त शिविरमा बनेपा नगरपालिका वडा नं. १, २, ३ र ४ मा बसोबास गर्ने नाला क्षेत्रका १३३ जनाले स्वास्थ्य परीक्षण गराउनु भएको जानकारी दिइएको छ ।
स्वास्थ्य शिविरमा स्त्रीरोग विशेषज्ञ, हाडजोर्नी तथा नसासम्बन्धि विशेषज्ञ र फिजिसियनहरुद्वारा स्वास्थ्य जाँच तथा परामर्शका साथै निशुल्क औषधि समेत वितरण गरिएको थियो । थप उपचार गर्नुपर्ने अवस्थाका बिरामीहरुलाई बनेपा हेल्थ केयरमा स्वास्थ्य परीक्षणमा २० प्रतिशत र औषधिमा १० प्रतिशत छुट दिने व्यवस्था समेत मिलाइएको संस्थाले जानकारी दिएको छ ।

संस्थाले सामाजिक उत्तरदायित्व वहन गर्दै विभिन्न सामाजिक क्रियाकलाप गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि