७ जेष्ठ २०८१, सोमबार / Mon May 20, 2024

लक्ष्मी महिला साकोसद्वारा ‘सहकारी शिक्षा कार्यक्रम’ सम्पन्न


काभ्रे । लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा पनौती सुन्दरबस्ती समुहमा सहकारी शिक्षा कार्यक्रम तथा सदस्यता विस्तार सम्पन्न भएको छ ।
कार्यक्रम संस्थाको शिक्षा उपसमिति संयोजक शर्मिला अधिकारी, सदस्य मदन महतको उपस्थितिमा संस्थाका प्रमुख कार्यकारी अधिकृत मनोज रायमाझीले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रम ब्यबस्थापन संस्थाका कर्मचारीहरु ललिता थापा के.सि. र जमुना बस्नेतले गर्नुभएको थियो ।


सहकारी शिक्षाको क्रममा सम्पुर्ण शेयर सदस्यहरुलाइ सहकारीको अर्थ सिद्धान्त एवं मूल्य मान्यताको बारेमा प्रष्ट पार्दै सहकारीको आवश्यकता, सहकारीका सबल पक्ष र सहकारीलाई कमजोरी रुपमा हेर्ने दृष्टिकोण र सो वास्तविकता र सहकारीको पहिचान बारेमा सदस्यहरुलाइ जानकारी दिईएको थियो । यसै गरी संस्थाको प्रारम्भदेखि अहिले सम्मको वितीय अवस्थाको विश्लेषणका साथै संस्थाले दिएको वितीय सेवाबाहेक थप सुबिधा एवं सामुदायिक उत्तरदायित्व सम्बन्धि बिषयमा पनि चर्चा गरिएको थियो ।
सहकारी शिक्षाको क्रममा हाल बजारमा देखिएको ब्याजदरको अस्वस्थ प्रतिस्पर्धा र जोखिम निम्त्याइरहेका अप्त्यारिलो र भड्किलो खालको ब्याजदरमा मात्र आकर्षित नभई समुदायमा आधारित भएर चलेका सहकारीमा आबद्ध भई व्यथितिलाइ भन्दा पनि व्यवस्थापनलाई ध्यान दिन सदस्यहरुलाइ उत्साहित गरिएको थियो । ४० जना सदस्यहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि