३ जेष्ठ २०८१, बिहिबार / Thu May 16, 2024

सदस्यको घरदैलोमा पुग्दै बुडोल सामुदायिक साकोस


काभ्रे । काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रही विभिन्न ४ वटा सेवाकेन्द्रमार्फत सदस्यहरुलाई सेवा दिँदै आएको बुडोल सामुदायिक साकोसले सदस्यहरुको घरदैलोमा पुग्ने अभियान सञ्चालन गरेको छ । संस्थाको कार्यक्षेत्रमा रहनुभएका सदस्य तथा सम्भावित सदस्यहरूसंग भेटघाट गरी संस्थाको वित्तिय अवस्था, संस्थाबाट प्रदान गरिने सेवासुविधाहरु, सदस्यहरुको गुनासो तथा सुझाव आदी विषयहरूमा छलफल गरी संस्थाका तर्फबाट आवश्यक जानकारी गराउँदै आएको छ ।
संस्थाले चैत्र ४ गते शनिबार ‘बृहत घरदैलो कार्यक्रम’को आयोजना गरेको थियो । कार्यक्रममा संस्थाका संचालक समिति, लेखा सूपरिवेक्षण समिति, सेवाकेन्द्र व्यवस्थापन उपसमिति र कर्मचारीहरूको उपस्थिति रहेको थियो । सहभागीहरुलाई ६ वटा समूहमा विभाजन गरी श्रीखण्डपुर, नैकिनटार, बखुण्डोल, नाला, धनेश्वर, धुलिखेल र पाँचखाल क्षेत्रमा कार्यक्रम गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण रायक्षेत्रीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो – ‘यस्ता कार्यक्रमले संस्था र सदस्यहरुको सम्बन्ध अझै प्रगाढ बनाउदै संस्थाको विश्वसनीयता वृद्धि गर्न टेवा पु¥याउने भएकाले यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिनेछौं ।’

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि