५ जेष्ठ २०८१, शनिबार / Sat May 18, 2024

जनसचेतन साकोसको प्रष्टिकरण : ‘अनुशासनहीनताले हानी गर्ने हुँदा ड्राईभरको बर्खास्ती’


दोलखा । दोलखाको मैनापोखरीमा केन्द्रीय कार्यालय रही सञ्चालित उत्कृष्ट सहकारी संस्थाप्रति कान्तिपथ अनलाइनले प्रकाशन गरेको भ्रामक समाचारबारे संस्थाले प्रष्टिकरण प्रकाशन गरेको छ ।
उक्त अनलाइनले सहकारी अभियानप्रति नै असर पर्ने गरी एकतर्फी रुपमा भ्रामक समाचार प्रकाशन गरेको संस्थाले बताएको छ ।
कान्तिपथ अनलाइनले जनसचेतन साकोसमा कार्यरत ड्राइभरलाई बर्खास्त गरिएको र जग्गा प्लटिङ्गमा करोडौं लगानी गरेका पनि समाचार प्रकाशन गरेको थियो ।

संस्थाले प्रकाशन गरेको विज्ञप्तिमा यसो भनिएको छ :


वित्तीय क्षेत्रमा अनुशासित र पारदर्शी ढंगले काम गर्दै शेयर सदस्यहरुको मन जित्दै आएको जनसचेतन बचत तथा ऋण सहकारी संस्था जनजनको मनमा स्थापित सहकारी संस्था हो । लामो सहकारी यात्राको कालखण्डमा अनेक आरोह अवरोह पार गर्दै वित्तीय क्षेत्रमा सतीसालको रुपमा कार्यरत यो संस्थाले राष्ट्रिय, अन्तराष्ट्रिय पहिचान कायम गरेको छ । सामाजिक पक्ष विपक्ष र राजनीतिक आग्रह पूर्वाग्रह भन्दा टाढा रहेर शेयर सदस्यहरुको हितका लागि गतिविधि गर्नु नै जनसचेतनको पहिचान हो ।
संस्थाका नीति नियम पालना गर्ने गराउने र संस्थाभित्र सुशासन कायम गर्ने सिलसिलामा एउटा जीवन्त संस्थाभित्र अनेकौँ प्रिय अप्रिय निर्णयहरु गर्नुपर्ने अवस्था सिर्जना भएकाले उक्त कदम चालिएको संस्थाको ठहर छ ।


हेर्नुहोस् विज्ञप्ति

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि