३ जेष्ठ २०८१, बिहिबार / Thu May 16, 2024

परोपकार महिला साकोसद्वारा ७७ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण


दोलखा । परोपकार महिला बचत तथा ऋण सहकारी संस्थाले ६६ औँ सहकारी दिवसको पूर्वसन्ध्यामा बालबालिकाहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ ।
सहकारीले आफ्नो सेवा क्षेत्र भीमेश्वर नगरपालिका–२ मा रहेको तिखातल प्राथमिक विद्यालयमा अध्ययनरत ७७ जना विद्यार्थीलाई सामग्री वितरण गरेको हो ।
सहकारीले डट्पेन, पेन्सिल र ज्यामिति बक्स वितरण गरेको हो । संस्थाले सामाजिक कोष अन्तर्गतको रकम सामाजिक क्षेत्रमै खर्च गर्दै आएकाले यस पटक पनि विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको बताइएको छ । विद्यार्थीलाई अध्ययनमा केही सहज हुने र सहकारीबारे बुझाउन पनि यस खालका कार्यक्रमले सहयोग पुग्ने संस्थाकी व्यवस्थापक प्रमिला कार्कीले बताउनुभयो ।
विद्यालयका प्रधानाध्यापक तीर्थबहादुर जोशीले सहकारीलाई धन्यवाद व्यक्त गर्दै गरिब तथा जेहेन्दार र थामी जातीको बाहुल्यता रहेको विद्यालयको विद्यार्थीलाई सामग्री वितरण गरेर सहयोग गरकोमा प्रशंसा व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि