२४ बैशाख २०८१, सोमबार / Mon May 6, 2024

महिला उद्यमशीलता विकास गरी उद्यमशील बनाउँदै लक्ष्मी महिला साकोस


काभ्रे । पनौतीको चौकोटमा मुख्य कार्यलय रहेको लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुमा उद्यमशीलता विकास गरिरहेको छ ।
विभिन्न तालिमको माध्यमबाट उनीहरुमा सिप विकास गरी आर्थिक रुपमा आत्मनिर्भर बनाउने उदेश्यका साथ संस्थाले एक पछि अर्काे तालिम सदस्यहरुलाई दिँदै आएको छ । यस अघि कृषिसँग सम्बन्धित, खेलौना बनाउने, अचार बनाउने, लप्सीको माड बनाउने, क्रिष्टलको माला बनाउने जस्ता थुप्रै तालिम सदस्यहरुलाई प्रदान गरिसकेको संस्थाले हालै मात्रा मखमलको जुता बनाउने तालिम दिएको हो ।
संस्थाले सदस्यहरुमा उद्यमशीलता विकास गरी आयआर्जन गर्न सकुन् भन्ने उदेश्यका साथ तालिमको आयोजना गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत मनोज रायमाझीले जानकारी दिनुभयो । तालिमका लागि मात्र तालिम भन्दापनि सदस्यमा सीप विकास गरी उद्यमी बनाउने र आर्यआर्जनमा लगाउने उदेश्यका साथ तालिम दिइएको उहाँले बताउनुभयो ।
सदस्यहरुलाई पहिलो चरणमा आधारभुत तालिम दिइएको र आवश्यकता अनुसार एडभान्स तालिम पनि सञ्चालन गरिने उहाँले बताउनुभयो । सदस्यहरु उद्यमी बन्ने र तालिमपछि व्यवसायमा लाग्ने पक्का गरेर मात्र तालिममा सहभागी गराइएको उहाँले बताउनुभयो । तालिम सञ्चालन गर्नु पूर्व संस्थाले ३५ जना सदस्यसँग छलफल गरेको र २० जनाले तालिम पश्चात व्यवसाय सञ्चालन गर्ने पक्का गरेपछि मात्र तालिममा सहभागी गराइएको थियो । आधारभूत तालिम संस्थाकै लगानीमा सञ्चालन गरेको र एड्भान्स तालिमका लागि भने नगरपालिकामा पनि प्रस्ताव पेश गरेको उहाँले जानकारी दिनुभयो । संस्थाले सञ्चालन गरेको तालिमप्रति नगरपालिकाबाट पनि सकरात्मक प्रतिक्रिया आएको र एड्भान्स तालिम सञ्चालनको लागि आर्थिक सहयोग गर्ने आश्वासन दिएको उहाँले बताउनुभयो ।


नगरपालिकाकै महिला सदस्यलाई उद्यमी बनाउने कार्य भएकाले सहयोग प्राप्त हुनेमा आफु आशावादी रहेको उहाँले जनाउनुभयो । तालिम पश्चान् व्यवसाय शुरु गर्नेहरुलाई ३ देखि ५ लाखसम्म सहुलियत व्याजदरमा ऋण लगानी गर्ने संस्थाले जनाएको छ । तालिमबाट सहभागीहरु उत्साहित भएको र सामुहिक रुपमा व्यवसाय गर्ने सहभागिहरुले जनाएका छन् । संस्थाले चैत्र २३ गते देखि शुरूवात गरेको आधारभुत मखमलको जुत्ता बनाउने तालिम हालै सम्पन्न गरेको हो । तालिम सर्मिला अधिकारीको संयोजकत्व भएको थियो । संस्थाकी अध्यक्ष मैयाँ महतको प्रमुख आतिथ्यता र प्रशिक्षक रिता कर्माचार्यको आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रशिक्षण कर्माचार्यले जुन सुकै समयमा पनि महिला दिदिबहिनीहरुले गर्न लाग्नु भएको कार्यक्रममा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
त्यसैगरी अध्यक्ष महतले संस्थाबाट लिएको तालिम उद्यमी बन्नका लागि लागू गर्न आग्रह गरिन् । समुदायका महिला दिदिबहिनीहरुलाई सकृय बनाइ यस्ता कार्यक्रम संचालन गरिने उहाँले बताउनुभयो । समापन कार्यक्रममा संयोजक अधिकारीले परिवर्तनको सोच लिएर महिला दिदिबहिनीहरुलाई अघि बढ्न र उद्यमी बन्ने लक्ष्यमा लाग्न सुझाउनुभयो । आफूले जुनसुकै समयमा संस्थागत एवं ब्यक्तिगत रुपमा पनि महिला उत्थान गरी आत्मनिर्भर एंव उद्यमी बनाउन सहयोग गर्न तत्पर रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि