२१ बैशाख २०८१, शुक्रबार / Fri May 3, 2024

राष्ट्रिय वृक्षारोपण दिवसमा जनसचेतन साकोसद्धारा वृक्षारोपण


दोलखा । दोलखाको मैनापोखरीमा मुख्य कार्यालय रहेको जनसचेतन बचत तथा ऋण सहकारी संस्था लि.ले राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा वृक्षारोपण गरेको छ । ‘स्वच्छ वायु, स्वस्थ जीवन, पर्यावरणीय संरक्षणमा जनसचेतनको योगदान’ भन्ने नारालाई सार्थकता दिने उदेश्यले मैनापोखरी बजारमा वृक्षारोपण गरेको संस्थाले जानकारी दिएको छ ।
डिभिजन वन कार्यालय, दोलखा उद्योग वाणिज्य संघ, इलाका प्रहरी कार्यालय मैनापोखरी, संस्थाका सञ्चालक, कर्मचारी, शिक्षक, व्यापारी लगायतको सयुंक्त सहभागितामा वृक्षरोपण गरिएको हो । वन कार्यालयले १५० वटाका दरले कपुर, कल्की र धुपीको विरुवा उपलब्ध गराएको थियो भने जकाराण्डाको ५० गरी ५०० सय विरुवा रोपेको संस्थाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि