२१ बैशाख २०८१, शुक्रबार / Fri May 3, 2024

बुडोल सामुदायिक साकोसको २४ औं साधारण सभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित


काभ्रे । समुदायमा आधारित रहेर सदस्यको सामाजिक, साँस्कृतिक र आर्थिक विकासमा निरन्तर सेवारत बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.को २४औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष कैलाश के.सी.को सभापतित्वमा बनेपा, नाला र धुलिखेल एकाईमा मिति २०८० असोज १३, १५ र १६ गते एकाई बैठक सम्पन्न गरी असोज १८ गते सबै एकाईबाट छनौट भएका प्रतिनिधिहरूको उपस्थितिमा एकाई प्रतिनिधिहरूको निर्णय प्रमाणित सभा समेत सम्पन्न गरेको छ ।


संस्थाका अध्यक्ष कैलाश के.सी.को संयोजकत्वमा होटल उग्रचण्डी एण्ड बैंक्वेट, बनेपामा सम्पन्न भएको हो । कार्यक्रम सञ्चालन संस्थाका व्यवस्थापन प्रमुख रामकृष्ण रायक्षेत्रीले गर्नुभएको थियो । तिन वटै एकाईबाट छनौट भएका एकाई प्रतिनिधि र निर्णय प्रमाणितकर्ताहरूले अन्तिम निर्णय प्रमाणित गर्न चयन भएका निर्णयकर्ताहरूले सभामा आ–आफ्नो एकाईको निर्णय पुस्तिका र अन्तिम निर्णय पुस्तिकामा हस्ताक्षर गरी कार्यक्रम सम्पन्न गरिएको थियो ।
आर्थिक वर्ष २०७९।०८० को अन्त्यमा संस्थाको कुल सम्पत्ति एक अर्ब ८२ करोड ७६ लाख ४६ हजार, कुल बचत एक अर्ब ४३ करोड ३६ लाख ५३ हजार, शेयर पूँजी १५ करोड ८९ लाख २७ हजार २००, लगानीमा रहेको ऋण १ अर्ब ३२ करोड ३२ लाख एक कजार ९९२, संस्थागत पूँजी १४ करोड ३० लाख ६२ हजार र संचालन मूनाफा ७ करोड ३४ लाख ८४ हजार रहेको छ ।
साथै साधारण सभाले सभाले सदस्यहरुलाई १५ प्रतिशतका दरले शेयर लाभांश वितरण गर्ने र संरक्षित पूँजी फिर्ता कोषबाट बचतमा योगदान गर्ने सदस्यहरुलाई ३.५५ प्रतिशत र ऋणमा योगदान गर्ने सदस्यहरुलाई ३ प्रतिशतका दरले हुन आउने रकम वितरण गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि