१ जेष्ठ २०८१, मंगलबार / Tue May 14, 2024

लक्ष्मी महिला साकोसको २५ औं साधारण सभा सम्पन्न, महिलाको सारथीको रुपमा अघि बढ्दै


काभ्रे । लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्थाको २५ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाकी अध्यक्ष मैया महतको अध्यक्षता र बागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण शर्मा घिमिरेको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो ।

सभामा संस्थाकी अध्यक्ष महतले सहकारी मर्म, भावना, सिद्धान्त र मुल्य मान्यतालाई आत्मसात गरी नीति नियम तर्जुमा गरेर त्यसलाई कार्यान्वय गर्दै संस्था अगाडी बढेको बताउनुभयो । संस्थाले कार्यक्षेत्र भित्रका महिलाहरुलाई समेटेर आर्थिक तथा सामाजिक उत्थानका लागि काम गर्दै आएको उहाँले जानकारी दिनुभयो ।

संस्थाकी सचिव शर्मिला अधिकारीले सहकारी महिलाहरुको सारथी भएको र न्युन आय भएका महिलाहरुलाई एकीकृत गरी उनीहरुको जीवनस्तर बदल्न संस्थाले काम गर्दै आएको बताउनुभयो । संस्थाले नवदुलहि भेटघाट, सुत्केरी भता, मृत्यु राहत, विरामी राहत, जेष्ठ सदस्य सम्मान, उत्कृष्ट बाल सदस्य सम्मान जस्ता थुप्रै गतिविधि गर्दै आएको पनि उहाँले बताउनुभयो ।

संस्थाकी कोषाध्यक्ष सकुन्तला श्रेष्ठले आर्थिक बर्ष २०७९।८० को आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै शेयर पुँजी २ करोड ६७ लाख ९९ हजार पुगेको जानकारी दिनुभयो । संस्थाले २ हजार ७८२ जना सेयर सदस्यबाट १७ करोड ८८ लाख १६ हजार बचत संकलन गरी १८ करोड १६ लाख ४५ हजार ऋण लगानी गरेको छ । संस्थाले त्यस अवधिमा ४९ लाख ७९ हजार खुद नाफा आर्जन गरेको छ ।

संस्थाले कृषि, पशुपालन, घरजग्गा, वैदेशिक रोजगार, अध्ययन ऋण, सदस्य सहुलियत, कर्मचारी सहुलियत र सामाजिक ऋण लगानी गर्दै आएको छ । साथै सामाजिक उत्तरदायित्व वहन गर्दै विभिन्न सामाजिक क्रियाकलाप सञ्चालन तथा त्यस्ता क्रियाकलापमा सहभागि हुँदै आएको संस्थाका प्रमुख कार्यकारी अधिकृत मनोज रायमाझिले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि