२ कार्तिक २०८१, शुक्रबार / Fri Oct 18, 2024

श्री कल्याणकारी सहकारीको स्थापना दिवस सदस्यलाई शिक्षा र सम्मान समर्पण


काभ्रे । चौरीदेउराली गाउँपालिकामा रहेको श्री कल्याणकारी बहुउद्देश्यीय सहकारी संस्था लि. को १७ औं स्थापना दिवस कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ ।
चौरीदेउराली गाउँपालिकाकी अध्यक्ष रेणुका चौलागाईंको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । संस्थाका अध्यक्ष लक्ष्मण गौतमको सभापतित्वमा भएको कार्यक्रममा अतिथिहरु जिल्ला सहकारी संघका अध्यक्ष दिलिप शर्मा, चौरीदेउराली गाउँपालिका वडा नं. ३ (माझिफेदा) का वडाध्यक्ष तथा संस्थाका पूर्व सल्लाहकार चित्रप्रसाद चौलागाई, नेफ्स्कुनका प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटा, राष्ट्रिय सहकारी बैंक बनेपा शाखाका शाखा प्रमुखको उपस्थिति रहेको थियो ।
कार्यक्रममा आ.व. २०७९।८० मा नियमित बचत गर्ने बचतकर्ता, असल ऋणको कारोबार गर्ने असल ऋणी, संस्थाले उपलब्ध गराएका मल, बिउविजन समेतको उपभोग गरी संरक्षित पूँजी फिर्ताकोषबाट अधिकतम मुनाफा प्राप्त गर्ने ५ जना सदस्यहरुलाई सम्मान सहित चेक हस्तान्तरण गरिएको थियो । सो कोषबाट अधिकतम २४,९९० रुपैयाँसम्म सदस्यले लाभ पाउनुभएको छ ।


कार्यक्रमको पहिलो सत्रमा संस्थाको स्थापना दिवस खुशियालीमा केक काटेर मनाइएको थियो ।
कार्यक्रमको दोश्रो सत्रमा नेफ्स्कुनका सिइओ शिवजी सापकोटाले सदस्यहरुलाई सहकारी शिक्षा प्रदान गर्नुभएको थियो । उक्त कार्यक्रममा ९५ जना शेयर सदस्यहरुको उपस्थित रहेको थियो ।
संस्थाले स्थापना दिवसको पूर्वसन्ध्यामा बुद्ध हिमालय माध्यमिक विद्यालयमा कक्षा ४ र ६ मा अध्ययनरत २ विद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण गरी कक्षा १२ सम्म अध्ययन गराउने जिम्मेवारी लिएको थियो । साथै विद्यालय परिसरमा लिची, आँप, एभोकाडो, कागती, नासपति जस्ता २५ भन्दा बढि फलफुलका बिरुवाको वृक्षारोपण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि