५ जेष्ठ २०८१, शनिबार / Sat May 18, 2024

आइपिएलमा बेस्ट बलिङमा सन्दिप लामिछानेको तहल्का ९१ बलरमा पहिलो नम्बरमा


५ जेठ । काठमाडौं
पहिलो खेलमैं प्रभाव छोड्दै ६.२५ को औसतमा बलिङ गर्दै प्रभाव जमाएका नेपालका सन्दिप लामिछानेले दोस्रो खेलमा यसमा अझै  सुधारगर्दा पहिलो नम्बर प्राप्त गरेका छन् । दिल्लीले चेन्नईलाई ३४ रनले हराएको खेलमा सन्दिपले ४ ओभरमा २१ रन दिंदा एक विकेट लिए ।

चेन्नईविरुद्ध सन्दिपले ५.२५ को औसतमा बलिङ गरेका हुन् । योसँगै सन्दिप बेस्ट बलिङ इकोनोमी सूचीको पहिलो नम्बरमा पुगेका छन् । ९१ बलरकाे सूचीमा सन्दिप पहिलाे नम्बरमा छन् । उनीभन्दा प्रभावशाली बलरहरू निक्कै पछाडी छन् । यस अघि तेस्रो नम्बर सन्दिप दुई म्याचको दुई इनिङमा ८ ओभर बलिङ गर्दा ४६ रन दिंदा ५.७५ को औसतमा बल फालेका हुन् । उनीपछि राजस्थान रोयल्सका इस सोधीको औसत ५.९३ छ । तेस्रो स्थानमा रहेका हैदरावादका सन्दिप शर्मा ६.३१ औसतसहित तेस्रो नम्बरमा छन् ।

शुक्रबार राती भएको खेलमा सन्दिपले सुरेश रैनाको विकेट लिएका थिए । सन्दिप शुक्रबारका खेलमा स्टाइलिस प्लेयर हुँदै एक लाख भारू पुरस्कार जित्न सफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि