५ जेष्ठ २०८१, शनिबार / Sat May 18, 2024

हेलो सरकारकाे सेवा बन्द


काठमाडौँ, ३ चैत । जनताको गुनासो सम्बोधन गर्नका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा पाँच स्थानमा सञ्चालित ‘हेलो सरकार सेवा’ बन्द भएको छ ।

पाँचवटै विकास क्षेत्रमा स्थापना गरिएको हेलो सरकार सेवा संघीयता कार्यान्वयनमा आएपछि बन्द भएको हेलो सरकारका कार्यक्रम प्रमुख प्रद्युन्नप्रसाद उपाध्यक्षले जानकारी दिनुभयो ।

सर्वसाधारणको गुनासो सुनेर त्यसलाई तत्काल सम्बोधन गर्नका लागि माघको पहिलो हप्तादेखि पोखरा, धनकुटा, हेटौडा, सुर्खेत र दिपायलबाट सो सेवा शुरु गरिएको थियो ।

‘‘हामीले केन्द्रबाट नभई क्षेत्रीय कार्यालयबाट पनि सेवा दिएका थियौँ’’, उहाँले भन्नुभयो– ‘‘तर मुलुक संघीयतामा प्रवेश गरेपछि क्षेत्रीय कार्यालय पनि बन्द भएकाले ती ठाउँबाट दिइने हेलो सरकारको सेवा प्रभावित भएको छ ।’’

हेलो सरकार सञ्चालन गर्नका लागि खटिएका क्षेत्रीय प्रशासक कार्यालयका कर्मचारी प्रदेश कार्यालयमा गएपछि हेलो सरकार सेवा सञ्चालन प्रभावित भएको हो ।

विसं २०७१ देखि पोखराबाट क्षेत्रीयस्तरमा पहिलो पटक हेलो सरकार सेवा शुरु गरिएको थियो भने अन्तिममा दिपालयमा शुरु गरिएको थियो । ती ठाउँबाट हेलो सरकारमार्फत गुनासो सम्बोधन नभएपछि त्यहाँका गुनासो सिधै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको हेलो सरकारबाट नै सम्बोधन हुने गरेको छ ।

प्रमुख उपाध्यायले सात वटै प्रदेशको मुख्यमन्त्रीको कार्यकक्षबाट प्रदेशस्तरमा हेलो सरकार पुनःसञ्चालन हुने बताउनुभयो । तत्कालीन प्रधानमन्त्री  डा बाबुराम भट्टराईले २०६८ कात्तिक १७ गते जनताका गुनासो सम्बोधन गर्नका लागि हेलो सरकार सञ्चालन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि