१४ चैत्र २०७४, बुधबार ०९:२२

चिट चोर्न नपाएपछि विद्याथी र स्थानीयद्धारा प्रहरीमाथि यसरी भयो आक्रमण


गमगढी, मुगु
१४ चैत
( एसईई परीक्षामा चिट चोर्न नपाएको झोकमा परीक्षमा सामेल विद्यार्थी र स्थानीय व्यक्तिले सोमबार परीक्षाको सुरक्षार्थ खटिएका प्रहरीमाथि आक्रमण गरेका छन् ।


आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ-सोमबार सञ्चालन भएको एसईई परीक्षाको गाणित विषयमा प्रहरीले चिट चोर्न नदिएको झोकमा प्रभात मावि रोवा केन्द्रको परीक्षा सुरक्षामा खटिएका प्रहरीमाथि राति ८ बजे सुतिरहेको बेला स्थानीयले आक्रमण गरेका हुन् ।

परीक्षा समयभर शान्तिपूर्ण तरिकाले सञ्चालन भएको भए पनि प्रहरीले चिट चोर्न नदिएको भन्दै परीक्षा केन्द्रको हाताभित्र उत्तरपुस्तिका र प्रशासन सुरक्षाका लागि बसेका प्रहरीमाथि साँझ ८ बजे केही परीक्षार्थी र स्थानीयले प्रहरी पोस्टमाथि ढुगामुडा गरेका थिए ।

प्रहरीमाथि हानेको ढुंगा लागेर प्रहरी हवल्दार अर्जुनकुमार डाँगी घाइते भएका छन् ।

समाचारमा लेखिएको छ, डाँगीको जिल्ला अस्पतालमा उपचार गरी जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि