विश्वकप अघि मेसीको अर्जेन्टिनाको बिजोग (भिडियाेसहित)
१४ चैत । काठमाडौं
विश्वकप फुटबलको उपविजेता अर्जेन्टिना यसपटकको विश्वकप अघि दयनीय देखिएको छ । गएराती स्पेनविरुद्धको खेलमा बलियो मानिएको अर्जेन्टिना ६ -१ गोलको फराकिलो हार बेहारेको हो ।
विश्वकपटको दाबेदार मानिए पनि स्पेनसँग अर्जेन्टिना निरीह देखियो । मेसी खेल्नका लागि फिट नभएपछि अर्जेन्टिना निक्कै कमजोर देखिएको हो । स्पेनलाई फराकिलो जित दिलाउँने क्रममा इस्कोले ह्याट्रिक गरे भने भने डिएको कोस्टाले २ गोल गरे ।
अर्जेन्टिनाको लागि ओटामेन्डीले गोल गरे । पहिलो हाफमा २- १ ले पछाडि परे पनि दोस्रो हाफमा स्पेनले चार गोल लगाउन सफल भयो । तीन दिनको मैत्रीपूर्ण खेलमा विश्वविजेता जर्मनीसँग एक एक गोलको बराबरी खेलेको स्पेनले उपविजेतालाई सहज रुपमा हराएको हो ।
अर्जेन्टिनाले इटालीलाई तीन दिन अघि नै २- ० ले हराएको थियो ।
https://www.youtube.com/watch?v=20ZekYl2AIo