१७ असार २०७६, मंगलवार ०५:२४

विरामीको उद्धारका लागि सरकारले हवाई एम्बुलेन्स चलाउने


बिरामीको उद्धारका लागि हवाई एम्बुलेन्स सञ्चालन गर्नेलगायत महत्वपूर्ण योजना समेटेर सरकारले ‘राष्ट्रिय स्वास्थ्य नीति २०७६’ सार्वजनिक गरेको छ।

सरकारी अस्पतालमा अनलाईन टिकटको व्यवस्था गर्ने बुँदासमेत नयाँ स्वास्थ्य नीतिमा समेटिएको छ। यो खबर आजको नयाँ पत्रिका दैनिकमा अर्नुन अधिकारीले लेखेका छन्।

यो कार्यान्वयनमा आएपछि बिरामीले चाहेको सरकारी अस्पतालमा रोजेको डाक्टरसँग अनलाईनबाट समय लिएर जँचाउन सक्नेछन्। सरकारी अस्पतालमा बिरामीको बढ्दो चाप व्यवस्थापन गर्न ई हेल्थ सेवा सुरु गर्न लागिएको स्वास्थ्यमन्त्री उपेन्द्र यादवले बताए।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि