९ चैत्र २०७९, बिहिबार / Thu Mar 23, 2023

सरकारलाई सघाउन खोलिँदै पूर्वराजा ज्ञानेन्द्रका ज्वाइँको घरमा ठूलो लगानीको अनलाइन


सरकारलाई मूलधारका सञ्चारमाध्यमले फिटिक्कै सहयोग नगरेपछि सरकारी पहलमै ठूलो लगानीको अनलाइन सुरु हुँदै छ।

केपी ओलीको अघिल्लो कार्यकालमा एकदमै लोकप्रिय बनेको र अहिले पनि नेपाल टेलिभिजनबाट प्रसारण भइरहेको कार्यक्रम हो– जनतासँग प्रधानमन्त्री। प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालका भान्जा नता पर्ने जाँगरिला युवक मनोज पाण्डेले उक्त कार्यक्रमको जिम्मा लिएका छन्।

बुधबार राति ९ बजेदेखि १ घन्टासम्म पिक आवरमा अनएयर हुने भए पनि प्राइम टाइमका अतिरिक्त शुल्क त्यसले तिर्नुपर्दैन। अरूले २ लाख २८ हजार तिरेर किन्ने समय उसलाई ५० हजारमा उपलब्ध छ। आईएमई, सनराइज बैंक, नेपाल लाइफ इन्स्योरेन्स, जेभियर कलेज, होटल एसोसियन र नेपाल ग्यासले कार्यक्रम प्रायोजना गरेको छ।

पूर्वराजा ज्ञानेन्द्रका छोरी ज्वाइँ राजबहादुर सिंहको घर भाडामा लिएर उनै मनोजले अनलाइन चलाउन खोजेका हुन्। यो खबर आज (असार १८) प्रकाशित जनआस्था साप्ताहिकमा छापिएको छ।

दरबारमार्गस्थित होटल याक एन्ड यतिअगाडि अफिस खोलेर त्यसको डेकोरेसन सिध्याइसकेका छन्। पुष्पलाल जयन्तीका दिन साउन ७ गतेदेखि वा ढिलोमा दसैंभित्र सुरु गर्ने गरी अनलाइन चलाउन लागेका हुन्।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि