कुकुरको बफादारीता : मालिकको छोरा बचाउन आफै मर्यो!
काठमाडौं । कुकुर लगायत विभिन्न जनवारबारे अनेक किवंदन्ती रहेको पाइन्छ । हरेक जनवार देवीदेवतासँग जोडिएका हुन्छन् । केही त भगवानका प्रतिक पनि हुन्छन् । जनवार अनुसार उनीहरुको विशेषता पनी फरकफरक हुने गर्दछ । यस्तै कुकुर पनी एक इमान्दार घर पालुवा जनवार हो । आफु मरेर भए पनी मालिक बचाउने कुकुरको त्यागलाई धेरैले महत्वको साथ हेर्ने गर्दछन् । यस्तै एक घटना बाहिर आएको छ ।
यहाँ दुई कुकुरले आफु मरेर भए पनी आफ्ना मालिकको सन्तानको ज्यान बचाएको छन् । भारत उत्तर प्रदेशको गाजीपुरको जखनियामा करेन्ट लागेका एक १० वर्षीया बालकलाई कुकुरले बचाएको हो । ति बच्चाको अवस्था अहिले पनी गम्भीर भएको भन्दै ट्रमा सेन्टर पठाइएको जानकारी दिइएको छ । जखनियां ब्लकको भुड़कुड़ा गाउँमा बस्दै आएका श्रीराम यादवको डिग्री कलेजको ठिक पछाडी घर छ । उनी यहाँ आफ्नो परिवारका साथ वस्दै आएका छन् । उनको घर नजिकैबाट हाइ भोल्टेज क्षमताको विद्युत सेवा प्रशारण हन्छ ।
सोमबार बेलुकाको समयमा उनको छोरा प्रिन्स घर बाहिर खेल्नलाई निक्लेका थिए । त्यो बेलामा उनलाई ११ हजार भोल्टेजको करेन्ट लागेको बताइएको छ । आफ्नो मालिकको छोरालाई करेन्ट लागेको थाहा पाएपछि उनका दुवै कुकुर त्यहाँ खए अनी तारालाई छुटाउन प्रयास गरेका थिए । उनका दुई वटा कुकुरको मृत्यु भएको उनले जानकारी दिएका छन् । प्रिन्स पनी झण्डै २५ प्रतिशत जलेका छन् । अहिले ति बालकको वाराणसीको अस्पतालमा उपचार भइरहेको छ । कुकुरको मृत्यु पछि आफुलाई एक महत्वपुर्ण सदस्य गुमाएको जस्तो लागेको उनको परिवारले बताएको छ ।