२० असार २०७६, शुक्रबार ०९:१०

दाइजो माग्न आएका ज्वाईँलाई रुखमा बाँधेर कुटपिट


भारतको बिहारस्थ्ति मुजफ्फरपुर गाउँमा एक ज्वाईँलाई दाइजो मागेर सताएको भन्दै ससुराली पक्षले रुखमा बाँधेर कुटपिट गरेका छन् । यो घटना मुजफ्फरपुरको सुमेरा गाउँकाे हो ।
सुमेराका अवधेश कुमारलाई उनको सुसुराली परिवारले गाउँलेको सहयोगमा रुखमा बाँधेर कुटपिट गरेका हुन् । अवधेशले दाइजोको नाममा सधैँ छोरीलाई कुटपिट गर्ने गरेको आरोप उक्त परिवारको छ ।

यसबारेमा थुप्रै पटक गाउँ पञ्चायतमा कुरा उठे पनि ज्वाईँले बानी नसुधारेकोले कुटपिट गरेको ससूराले बताएका छन् । प्रहरीले दुवै पक्षसँग बयान लिएर घटनाको कारबाही अघि बढाइएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि