२५ जेष्ठ २०८०, बिहिबार / Thu Jun 8, 2023

विश्वका मै हुँ भन्ने ब्याट्सम्यानलाई हल्लाएका कुलसेकेराले लिए सन्याश


एजेन्सी – सन् २०१४ को टिट्वेन्टी विश्वकप क्रिकेट जिताउन महत्वपुर्ण भूमिका खेलेका श्रीलंकन बलर नुवान कुलसेकेराले खेलाडी जीवनबाट सन्याश लिएका छन् । ३७ वर्षीय कुलसेकेरा पूर्व विश्व नम्बर एक एकदिवशीय बलर पनि हुन् ।


श्रीलंकन क्रिकेटका लागि अन्तर्रा्ष्ट्रिय प्रतिस्पर्धामा सर्वाधिक विकेट लिने फास्ट बलरको सूचीमा उनी चामिन्दा भास र लासिथ मालिंगापछि तेस्रो स्थानमा रहेका छन् । कुलसेकेरा टीट्वेन्टी क्रिकेटमा श्रीलंकाका लागि दोस्रो सर्वा्धिक विकेट लिने बलर हुन् ।
नयाँ बलमा राम्रोसँग स्विङ गराउने क्षमता भएका कुलसेकेरा पुरानो बलमा रिभर्स स्विङ योर्कर फाल्ने क्षमता पनि उनिमा छ । कुलसेकेरा सन् २००९ मा विश्वको नम्बर एक एकदिवशीय बलर बनेका थिए ।


सन् २०१४ को टीट्वेन्टी विश्वकपमा ६ खेलमा ८ विकेट लिएका कुलसेकेराले फाइनलमा भारतविरुद्ध ४ ओभरमा २९ रन खर्चिएर १० डट बलसहित एक विकेट हात पारेका थिए । प्रतियोगितामा उनको बलिङ इकोनोमी केवल ६.४२ रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि