९ श्रावण २०७६, बिहीबार १३:५८

के न्याय मरेकै हो त ! अब पनि न्याय खोज्न राम शाहको पालामा जस्तै गोरखा नै जानुपर्ने हो ?


मिडिया क्लब संवाददता-काठमाडौँ 

निर्मला बलात्कार हत्या प्रकरणको एक वर्षे अनुसन्धान, तर परिणाम भने शुन्य । काभ्रेमा सरिता हत्याकाण्डका दोषीमध्ये दुई जना साधारण तारिखमा रिहा ।

कैलालीका बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको अनुसन्धानका लागि आधा दर्जन समिति बने । शंकास्पद भनिएका ५ सय २९ जनासँग बयान लिइयो । ७३ जनाको डीएनए परीक्षण नै भयो । तर सुरक्षा निकायले एक वर्षसम्म पनि अभियुक्त पक्राउ गर्न नसक्दा आम जनतालाई न्याय मरेको भान परिसकेको छ ।
गत वर्ष साउन १० मा बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको एक वर्ष पुग्दै छ । एक वर्षे अवधीमा अभियुक्तको खोजी गर्नकै लागि आधा दर्जन समिति बने । ५ सय २९ जनालाई शंकास्पद भनि बयान लिइयो, ७३ जनाको डीएनए परीक्षण नै भयो । तर अभियुक्त पक्राउ गर्न नसक्दा यो मुद्दा पेचिलो मात्र बनेको छैन, प्रशासनको साखमाथि नै प्रश्न चिह्न खडा भएको छ ।
पछिल्लो समयमा प्रहरी भित्रकै अनुसन्धान अधिकारीहरू घटनापछि उत्पन्न सामाजिक र राजनीतिक दबाबलाई प्रहरीले झेल्न नसकेको र अनुसन्धानका क्रममा गल्तीका शृंखला बढ्दै गएको स्विकार गर्दै आएका छन् ।
भदौ ७ मा गृह मन्त्रालयले कारागार व्यवस्थापन विभागका महानिर्देशक सहसचिव हरि मैनालीको नेतृत्वमा पाँच सदस्यीय समिति गठन भएको थियो, जसले गृह मन्त्रालयमा बुझाएको प्रतिवेदनमा पन्त प्रकरणको अनुसन्धानमा प्रहरी चुकेका कैयौं तथ्य बाहिर ल्याएको छ ।
घटनामा व्यक्तिको संलग्नताका आधार पहिल्याउने, घटनासँग उसको सम्बन्ध, घटना भएको दिन, लगत्तैका उसका गतिविधि र त्यसबाट प्राप्त निष्कर्ष नकेलाई चर्को दबाबबीच प्रहरीले निर्मला पन्त प्रकरणको अनुसन्धान अघि बढाएको थियो । तत्कालीन कञ्चनपुरका एसपी दिल्लीराज विष्ट, उनका छोरा र मेयरका भतिजा आयुष विष्टको डीएनए टेस्ट प्रहरीले चर्को बाध्यताका बीच गरेको भनिएको थियो ।
निर्मला पन्तको न्यायका लागि लडेका सामाजिक अभियन्ता, मानवअधिकारकर्मी पनि थाकिसकेको छन् । राम शाहको पालामा जस्तै न्याय नपाए गोरखा जानु भने झै अहिले न्याय नपाउँदा कहाँ जाने भन्ने नै अन्योलमा छन् आम जनता ।


सरिता दुलाल हत्या काण्डका मुख्य दोषि नै धरौटीमा रिहा

त्यस्तै गत वैशाख १३ गते काभ्रेको मण्डनदेउपुर न.पा.–६, सिपाघाटमा भएको सरिता दुलालको हत्याको अनुसन्धान पनि त्यति प्रभावकारी नभएको देखिन्छ ।
हत्यामा संलग्न भनिएका परिवारकै ५ सदस्यमध्ये मुख्य दोषी ठानिएका सरिता दुलालकी जेठानी र सासु धरौटीमा रिहा भएका छन् । उक्त घटनाको सबै प्रमाण हुँदाहुँदै पनि दोषीलाई कारबाही नगरी उन्मुक्ति दिएको भनि न्यायलयको चर्काे विरोध भईरहेको छ । न्याय दिने संयन्त्रबाटै अन्याय भएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि