११ श्रावण २०७६, शनिबार ०४:०३

भारतले प्राकृतिक बहाव रोक्दा नेपालमा बाढी र डुबान, सरकारी पहुँच पुगेन – विज्ञ


मिडिया क्लब संवाददाता


भारतले प्राकृतिक बहाव रोक्दा वर्षेनी तराईका धेरै भूभाग डुबानमा पर्ने गरेको छ । हालै नेपाल–भारत संयुक्त प्राविधिक समितिले पूर्वको सप्तरी खाँडोदेखि पश्चिममा राप्ती नदीसम्म द्विदेशीय निकासका १३ स्थानमा ‘द्विपक्षीय तटबन्ध निर्माण टुंगोमा नपुग्दा र भारततर्फ नदीको प्राकृतिक बहावमा रोकावट आउँदा’ डुबानमा परेको निष्कर्ष निकालेको छ ।
समितिले गत वर्ष असार १२ देखि १६ र मंसिर ४ देखि ७ सम्म गरेको स्थलगत अध्ययनमा नदी नियन्त्रण गर्ने नाममा जथाभावी बनाइएका संरचनाकै कारण द्विदेशीय सीमावर्ती बिन्दु आसपासका बस्ती डुबान र कटानमा परेको बताएको थियो । सोही निष्कर्षसहितको प्रतिवेदन गत वर्ष माघ ४ मै परराष्ट्र मन्त्रालयमा बुझाउँदै ‘देखिएको डुबान र कटान समस्या सुल्झाउन कार्ययोजना तय गर्दै कूटनीतिक च्यानलबाट अघि बढ्न’ सुझाव दिइएको थियो । तर सरकारले सो प्रतिवेदनको वास्ता नै गरेन ।
बाँध, डुबान र तटबन्धबारे नेपाल–भारत सम्बन्धमा ‘पानी प्रबन्ध’ को कुरा सबैभन्दा जटिल र महàवपूर्ण रहेको अधिकारीहरुले बताएका छन् । अहिले भारतले अन्तर्रा्ष्ट्रिय प्रावधान र सन्धि–सम्झौताविपरीत प्रतिकूल तरिकाले सीमावर्ती क्षेत्रमा बाँध वा सडक बनाइरहेको छ, भारतीय पक्षले सम्झौता विपरित काम गरिरहेको छ । परराष्ट्र मन्त्रालयले भारतीय अधिकारीसँग आँखामा आँखा जुधाएर संवाद नगरुन्जेल यस्ता समस्या बल्झिरहने विज्ञहरुले बताउँदै आएका छन् ।
दसगजा क्षेत्रमा भारतीय पक्षले बनाएको ४ मिटर अग्लो बाटो, बाटोको बीचमा पुल र त्यसमा हालिएको गेटको संरचना आफैंमा अनौठो लाग्ने छ, जसले ‘सिजनल’ होइन, ‘पर्मानेन्ट’ रूपमा आउने बाढी हो, सधैंको डुबान हो । नेपाललाई विकासको चस्माले होइन, सुरक्षा र शत्रुताको दृष्टिले हेर्ने गरेको धारणा पूर्व जलश्रोतमन्त्री तथा पानी विज्ञ दीपक ज्ञवालीले बताए ।
सरकारले पानीको प्राकृतिक बहावका बारेमा भारतसँग कुरा गर्न नसकेकै हो ? द्विदेशीय सीमामा बनेका तटबन्धहरू ‘प्राविधिकभन्दा बढी राजनीतिक भएकाले’ बढी समस्या उब्जिएको हो ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि