टी–२० क्रिकेटमा कुबेतमाथि नेपालको शानदार जित
मिडिया क्लब संवाददाता

नेपालले कुबेतलाई सिंगापुरमा जारी आईसीसी टी–२० विश्वकप क्रिकेट छनोट अन्तर्गतको एसिया फाइनलमा नेपालले कुबेतलाई सहजै ७ विकेटले पराजित गरेको छ ।
शनिवार भएको खेलमा पररसले ४२ बलको सामना गर्दै ११ चौका र एक छक्काको सहयोगमा ६८ रन बनाए, उनी यो प्रतियोगितामा एक इनिङमा सबैभन्दा बढी रन बनाउने ब्याट्सम्यान पनि बनेका छन् ।
नेपालले कुबेतले दिएको १ सय ४२ रनको लक्ष्य १५ ओभर ५ बल खेल्दै पूरा गरेको हो । नेपालका लागि शरद भेषवाकरले अविजित ३८ रनको योगदान दिए । ज्ञानेन्द्र मल्लले १९ रन बनाए । रोहित पौडेल ६ रनमा अविजित रहे ।
पहिले ब्याटिङ गरेको कुबेतले निर्धारित २० ओभरमा ९ विकेटको नोक्सानीमा १ सय ४१ रन बनाएको थियो । कुबेतका कप्तान मोहम्मद खासिफले अविजित ४९ रन बनाएका थिए ।
नेपालका लागि बसन्त रेग्मी र सन्दीप लामिछानेले समान ३÷३ विकेट लिएका थिए । यस्तै, करण केसीले २ तथा अभिनाश बोहराले १ विकेट लिएका थिए । जितसँगै नेपाल विश्वकपको ग्लोबल क्वालिफायरमा पुग्ने सम्भावना बढेको छ ।
पाँच टिम सहभागी प्रतियोगितामा ३ खेलबाट ५ अंकसहित सिंगापुर शीर्ष स्थानमा छ ।