११ श्रावण २०७६, शनिबार ०७:४३

एक महिनादेखि जाजरकोट अस्पतालमा औषधि अभाव


मिडिया क्लब नेपाल – जाजरकोट

कर्णाली प्रदेश मताहतमा रहेर सञ्चालन रहेकोे जाजरकोट अस्पतालले १ महिना अघिदेखि औषधिको अभाव खेपिरहेको छ । अत्यावश्यकीय औषधिसमेत आपूर्ति नहुँदा समस्या भएको अस्पताल प्रशासनले जनाएको छ ।
औषधी अभावले बिमा गरेका बिरामीले सबैभन्दा बढी समस्या खेपेका छन् । बीमा गरेका बिरामीले समेत औषधि नहुँदा औषधि पसलमा गएर औषधि किन्न बाध्य भएका छन् । इनजेकसन, सिफेकजन, एमपि, कोलकसा, पाराफ्लाम, डिएफओ गेल इनजेकसन, पेनटोप घाउमा लगाउने मलम, मेयुपेरेसन जीवनजल, टेबलेट, पेनटोपलगायत औषधिको अभाव भएको हो । दैनिक पुर्जी लिएर औषधि किन्न फार्मेसीमा बिरामी पुगेपनि औषधि नहुँदा बाहिरका औषधि पसलमा गएर खरीद गर्न बाध्य हुनुपरेको बिरामीले बताएका छन् ।
निःशुल्क पाइने औषधिसमेत जाजरकोट अस्पतालबाट पाउन नसकेको उपचारका लागि आएका स्थानीले गुनासो गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि