१४ श्रावण २०७६, मंगलवार ०१:१४

स्थानीय तहको सुस्तता ः अझै बुझाएनन् खर्च विवरण


मिडिया क्लब नेपाल । काठमाडौं

कोष तथा लेखा नियन्त्रण कार्यालयले सबै स्थानीय तहलाई खर्च विवरण बुझाउन पत्राचार गरेको छ, तर कुनै पनि स्थानीय तहले आर्थिक वर्ष सकिएको दुई साता बित्दासमेत खर्च विवरण बुझाएका छैनन् ।
कोष नियन्त्रण कार्यालयका अधिकारीहरु भन्छन् – ‘सरकारले उपलब्ध गराउने अनुदान यहाँबाट गएको छ, तर त्यो बजेट खर्च भयो÷भएन भन्ने कुनै तथ्यांक हामीसँग छैन, खर्च विवरण कतैबाट आएको छैन ।’
स्थानीय तहलाई प्राप्त भएको वित्तीय समानीकरण अनुदानअन्तर्गतको बजेट भने खर्च नभए पनि फ्रिज व्यवस्था छ । स्थानीय तहले वित्तीय समानीकरणअन्तर्गत प्राप्त गरेको अनुदानमध्ये खर्च हुन बाँकी रहेको रकम पनि संघीय सरकारलाई फिर्ता नगरी पछिल्लो आर्थिक वर्षमा आम्दानीका रूपमा प्रस्तुत गर्न पाउने कानुनी प्रावधान रहेको छ ।
यस्तो व्यवस्थाले विगतमा जस्तो स्थानीय तहमा खर्च हुन नसकेको पूँजीगत बजेट फ्रिज नहुने भएको हो । शसर्त अनुदानतर्फको बजेट भने खर्च हुन बाँकी रहेको बजेट संघीय सरकारलाई फिर्ता गर्नुपर्ने व्यवस्था रहेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि