१४ श्रावण २०७६, मंगलवार १३:०३

ज्ञानकुञ्जको अभिमुखिकरण कार्यक्रम सम्पन्न


मिडिया क्लब नेपाल । काभ्रे

‘नैतिक, व्यावहारीक तथा व्यावसायिक शिक्षाको लागि ज्ञानकुञ्ज’ भन्ने नारा लिई अगाडि बढिरहेको जिल्लामा रहेको ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले ूक्अयउभ या ःबलबनझभलतू व्यवस्थापन सम्बन्धी कार्यक्रमको आयोजना गरेको छ । प्रतिष्ठानले बिभिन्न समयमा विद्यार्थीहरुको स्तर बृद्धिका लागि तहगत रुपमा शैक्षिक स्तरिय तालिम, सेमिनार तथा गोष्ठीहरुको आयोजना गर्दे आइरहेको छ । हालै कक्षा ११ का नव आगन्तुक विद्यार्थीहरुको लागी एक दिने अभिमुखिकरण कार्यक्रमको सम्पन्न गरेको छ ।

अभिमुखीकरण कार्यक्रममा नेपालकै चर्चित मोटिभेटर इन्द्र नारायण भैलले विद्याथीहरुलाई ूक्अयउभ या ःबलबनझभलतू सम्बन्धी प्रशिक्षण दिनुभएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरकृष्ण वैद्य, व्यवस्थापन समिति सदस्य तथा प्रबन्ध निर्देशक प्रताप वैद्य तथा व्यवस्थापन समिति सदस्य आत्माराम थापा लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा सहायक कलेज प्रमुख, सहायक प्रिन्सिपल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरकृष्ण वैद्यले विद्यार्थीहरुलाई स्वागत तथा आगामि शैक्षिक भविष्य प्रति जिम्मेबार भई विद्यार्थीको जीवनले सफलता र लक्ष्य प्राप्ती लम्कन अनुरोध गर्नुभएको थियो ।
प्रबन्ध निर्देशक बैद्यले कक्षा ११ मा अध्ययन गर्न आउनुभएका नयाँ विद्यार्थीहरुलाई शुभकामना व्यक्त गर्दै सामाजिक रुपान्तरणका लागि आफू भन्दा ठूलालाई आदर, सानालाई माया, स्नेह दिने बानी बसाली समाजमा उदारहणीय व्यक्तित्व बन्न आग्रह गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि