१६ श्रावण २०७६, बिहीबार ०४:३७

देशभर एनसेल टावरमाथि आक्रमण


मिडिया क्लब नेपाल । कास्कि

कास्किको माझठानामा बिहिवार राति करिब ११ बजेको समयमा अज्ञात समुहले एनसेल टावरमा आगजनी गरेको खबर प्राप्त भएको छ।आगजनी बाट के कति क्षति भयो भन्ने बारे विस्तृत विवरण आउन बाँकी छ।

यसअघि पुर्वकाे झापा,माेरङ लगायत पश्चिम कैलालीको लम्की, जानकीनगर र धनगढीमा गरि चारवटा टावर ध्वस्त भएको थियोे।

त्यस्तै डडेलधुराकाे महाभात हगुल्टेलेककाे काफली टावर र गाेगनपानी सुदुरपश्चिमकाे मुल टावर,डाेेटीकाे शैली शिखरकाे कफलेखि टावर,अछाममा बिजायक तुर्माखाँदमा गरि दुईवटा टावरमा आक्रमण भएको छ।
बाजुराकाे बुढीगंगाकाे बार्जुकाेटमा रहेको टावर,बझाङमा थलारा, मस्टा र चिरबिथ्थड गरि तीनवटा टावर ध्वस्त भएका छन् ।त्यस्तै बैतडीको दाेगाडाकाे सित्तड र पुर्चाैडिकाे कुडिमा गरि दुईवटा टावर त्यस्तै कञ्चनपुर र दार्चुलामा पनि एनसेल टावरमा आक्रमण भएको छ।
सेती महाकालीमा मात्रै साउन १५ गते राति करिब १५ वटा एनसेल टावरलाई कार्वाही गरेको

विप्लव नेकपाले जनाएको छ भने पुर्वमा भएको आक्रमण पनि विप्लव कार्यकर्ताले गरेको हुन सक्ने अनुमान गरिएपनि एक्किन हुन सकेको छैन।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि