कृषि प्रधान देशमा रासायनिक मलको हाहाकार, कहिले हुन्छ समृद्धिको सपना साकार ?
मिडिया क्लब नेपाल । काभ्रे

(फोटो ः कृष्णकुमार श्रेष्ठको फेसबुक वालबाट)
अधिकांश जनसंख्या कृषिमा आधारित भएको कृषिप्रधान देश नेपालमा मा वर्षेनी रासायनिक मल, बिऊविजन लगायतका वस्तुहरु अति आवश्यक समयमा अभाव हुने गरेको छ ।

कृषिप्रधान देश भनिन्छ, समयमा मल छैन, उन्नत विऊविजन भनि खरिद गरेर रोप्यो फल लाग्दैन्, रोग किरा लाग्छन् औषधी छैन्, कृषि मजदुरको अभाव छ, प्रविधि छैन । बल्लबल्ल उत्पादन ग¥यो बजार छैन, बजार छ उत्पादिन वस्तुको भाउ छैन, सिंचाईको उचित प्रबन्ध छैन् । कसरी हुन्छ सरकार कृषि प्रधान देश ! के समयमा नै रासायनिक मल, उन्नत बिऊविजन, औषधी उपचार, आधुनिक कृषि प्रविधी उपलब्ध गराउन सकिदैन र ?

कृषकहरुले झेलिरहेका सानासाना समस्याहरुको उचित समाधान गर्ने हो भने कृषि क्षेत्रले काँचुली फेर्छ । सबै तहका सरकारले थोरै इमानदारिता देखाएर यी समस्याहरुको समाधान गरेमा कृषि क्षेत्रले सरकारको ‘सुखी नेपाली समृद्ध नेपाल’ को नारा पूरा गर्न सहयोग पो पुग्थ्यो कि ! कृषि प्रविधीसम्बन्धी विज्ञहरु, अति आवश्यकीय वस्तुहरु समयमै उपलब्ध, कृषि बजारको व्यवस्था गरिदिएमा सजिलै यी समस्याहरुको समाधान हुने देखिन्छ, तर सरकार अर्कै दुनियाँमा मस्त छ ।