काभ्रेमा टिपरसँग पैसा उठाउने पाँच ट्राफिक प्रहरी अख्तियारको फन्दामा
दीपक तिमल्सिना । काभ्रे

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले काभ्रेका विभिन्न स्थानबाट ट्रिपरसँग पैसा उठाउने पाँच जना ट्राफिक प्रहरीलाई रंगेहात पक्राउ गरेको अख्तियार स्रोतले जानकारी दिएको छ ।
ती ट्राफिक प्रहरीहरुको साथबाट ६ हजार रुपैयाँ बरामद भएको अख्तियारले जनाएको छ । पक्राउ पर्नेमा दुई जना हवल्दार र तीन जना जवान रहेका छन् । हवल्दारहरू भक्तबहादुर हायु र रामहरी मानन्धर, जवानहरू तेजप्रसाद भट्टराई, ज्ञानबहादुर लामगादे र हरिचन्द्र बानिया पक्राउ परेका हुन् ।
काभ्रेका विभिन्न स्थानमा टिपर चेकिङ तथा सवारी जाँचका नाममा प्रत्येक टिपरहरुबाट रकम असुली गर्दै आइरहेको टिपर चालकहरुले बताएका छन् ।