२८ श्रावण २०७६, मंगलवार १२:४०

कुलमानको नेतृत्वमा विद्युत प्राधिकरणले ७ अर्ब २० करोड नाफा कमायो

मिडिया क्लब नेपाल । काठमाडौं

नेपाल विद्युत प्राधिकरणले एक वर्षको अवधीमा ७ अर्ब २० करोड नाफा आर्जन गरेको छ । एक वर्षमा १४९ प्रतिशतले नाफा वृद्धि भएको प्राधिकरणले बताएको छ ।
लोडसेडिङ अन्त्य गरेर विद्युत प्रशारण र वितरण लाइनको सुदृढीकरणमा केन्द्रित भएको विद्युत प्राधिकरणले एक वर्षमै ७ अर्ब २० करोड नाफा आर्जन गरेको छ ।
कुलमान घिसिङले नेतृत्व सम्हालेलगत्तै ठूलो घाटामा रहेको प्राधिकरणले नाफा आर्जन गर्न सुरु गरेको थियो । विद्युत प्राधिकरण लगातार तेस्रो वर्ष नाफामा रहेको छ ।
२०७३ भदौमा कुलमान घिसिङ कार्यकारी निर्देशकमा रुपमा प्राधिरकणमा प्रवेश गरेका थिए । उनी आउँदा प्राधिकरण वार्षिक घाटा ८ अर्ब ८९ करोड थियो । तर, घिसिङ नेतृत्वमा आएको ११ महिनामा नै घाटा हटाउँदै १ अर्ब ४६७ करोड नाफा आर्जन गर्न प्राधिकरण सफल भएको थियो ।
आ.व. २०७४÷७४ मा पनि प्राधिकरणले २ अर्ब ८५ करोड नाफा कमाएको थियो । यो वर्ष भने प्राधिकरणले नाफामा उच्च वृद्धि गरेको छ ।
विद्युत प्राधिकरणको कुल सञ्चित नोक्सानी १५ अर्ब १३ करोडमा झरेको छ । कुलमान नेतृत्वमा आउँदा प्राधिरकणको कुल सञ्चित नोक्सानी ३४ अर्ब ६१ करोड रहेको थियो ।
आ.व. २०७४÷७५मा प्राधिकरकणको सञ्चित नोक्सानी २५ अर्ब ५९ करोड थियो । प्राधिकरणले एक वर्षमा नै सञ्चि नोक्सानी १० अर्बले घटाएको छ ।
प्राधिरकणले वर्षैनी आफ्नो सञ्चित नोक्सानीलाई खुम्च्याउँदै लगेको छ । कुशल नेतृत्व रहिरहेमा अबको एक देखि दुई वर्षमा प्राधिकरण सञ्चित नोक्सानीबाट बाहिर निस्कने अनुमान गर्न थालिएको छ । प्राधिकरणले आफ्नो नाफा बढाउँदै लगेकाले सञ्चित नोक्सनीलाई शुन्यमा झार्न लामो समय नलाग्ने प्राधिकरण अधिकारीहरु बताउँछन् ।
३४ वर्ष अघिसम्म प्राधिकरण निरन्तर घाटामा थियो । आ.व. ०६६÷६७ मा प्राधिकरणले ६ अर्ब ९६ करोड घाटा बेहोरहेको थियो ।
प्राधिकरणलाई आव ०६७÷६८मा ६ अर्ब ९ करोड, ०६८÷६९मा ९ अर्ब ९५ करोड, ०६९÷७०मा ३ अर्ब ४० करोड र ०७०÷७१ मा ५ अर्ब १३ करोड घाटा भएको थियो । कुलमान घिसिङ कार्यकारी भएर आउँदा घाटा ८ अर्ब ८९ करोड थियो ।
प्राधिकरण उच्च घाटामा गएपछि आ.व. ०६७÷६८ मा सरकारले सबै सञ्चित नोक्सानी मिनहा गरेको थियो । त्यतिबेला प्राधिकरणको २७ अर्ब १८ करोड रुपैयाँ सञ्चित नोक्सनीलाई सरकारले मिनाहा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि