पोखराको न्यूरोडमा भीषण आगलागी
मिडिया क्लब नेपाल । पोखरा

गण्डकी प्रदेशको राजधानी शहर पोखराको न्यूरोडस्थित एक फर्निचर उद्योगमा आगलागी भएको छ ।

न्युरोडस्थित नवदुर्गा फर्निचरमा आगलागी भएको हो । भाटभटेनी सुपर मार्केटनजिकै रहेको फर्निचर उद्योगमा मंगलबार अपरान्ह ४ बजेदेखि आगलागी भएको हो प्रहरीले जनाएको छ । आगलागीको कारण खुल्न सकेको छैन ।