२८ श्रावण २०७६, मंगलवार १४:३१

राजनीतिक स्वार्थका लागि घाँटी जोड्दै डा. बाबुराम र सिके राउत


मिडिया क्लब नेपाल । काठमाडौं

नेपाल आमालाई आपत्तिजनक संज्ञा दिने डा. सिके राउत नेतृत्वको नेपाल जनमत पार्टी र डा. बाबुराम भट्टराई नेतृत्वको समाजवादी पार्टीबीच एकता हुने विषय बाहिरिएपछि राजनीतिक क्षेत्रमा तरङ्ग पैदा भएको छ । सिके राउतसँग डा.बाबुराम मिल्ने भन्ने समाचारले राजनीति भित्रको स्वार्थलाई छर्लङ्ग पारेको छ ।

सिके राउतलाई प्रतिनिधिसभामा ल्याउनका लागि सप्तरी–१ बाट समाजवादी पार्टीले एक सांसदलाई सोमबार राजीनामा गराइएको विशेष समाचार श्रोतले बताएको छ । स्वास्थ्यका कारण आराम गर्न भन्दै समाजवादीका सूर्यनारायण यादवले राजीनामा दिएका छन् । मृगौला र मधुमेहसम्बन्धी रोगबाट पीडित सांसद यादव बेला बेलामा बेहोस हुने गरेकाले स्वास्थ्यका कारण राजीनामा दिए पनि पार्टीले फिर्ता नलिन आग्रह गरिरहेको अरगरियाले बताए । निर्वाचित सांसदले राजीनामा दिएको सम्वभतः यो पहिलो पटक हो ।
सिके राउतलाई मूलधारको राजनीतिमा ल्याउँदै गर्दा यस अघि नै सरकार पक्षले उनलाई प्रतिनिधि सभामा ल्याउने वचन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि