२८ श्रावण २०७६, मंगलवार १४:५८

गरिब मन्त्रीहरूका धनी श्रीमति !


मिडिया क्लब नेपाल । काठमाडौं

गरिबीका रेखामुनि रहेका नेपालीहरु कहिले हाम्रा मन्त्रीहरु जस्तै गरिब हुने हुन् ?

नेपालमा आफुलाई गरिब देखाएर आफ्ना श्रीमतीलाई धनी देखाउने मन्त्रीहरुको पुरानै परम्परा हो ।
वर्तमान सत्तासिन प्रधानमन्त्री केपी शर्मा ओलीसहित १८ मन्त्री र ४ राज्यमन्त्रीले बुझाएको सम्पत्ति विवरणमा आफूलाई अपत्यारिलो गरिब र श्रीमतीलाई धनी देखाएका छन् ।
सबै जसो मन्त्रीले अधिकांश जिन्सी तथा नगद सम्पत्ति श्रीमती तथा आफन्तको नाममा देखाउने गरेको समाचार श्रोतले बताएको छ ।

अकुत सम्पति आफ्ना नातेदार, श्रीमती र भाइभतिजाका नाममा राखेर आफू चोखो देखिने नेपाली राजनीतिज्ञहरुको परम्परा नै बनिसकेको छ । तर गरिब मन्त्रीहरु उपचार गराउन र घुम्न विदेशका महंगा हस्पिटल र होटलहरु धाउँछन्, विदेशमै आराम गर्छन । र पनि उनिहरु गरिब नै छन् । नेपालका गरिबीका रेखामुनि रहेका नेपालीहरु कहिले हाम्रा मन्त्रीहरु जस्तै गरिब हुने हुन ?

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि