२१ भाद्र २०७६, शनिबार ०७:३४

बनेपाको फोहोरमा साढेको जुधाई बाछाको मिचाई !


दीपक तिमल्सिना । काभ्रे

फोटो : दीपेन्द्र पौडेल

विगत केही वर्ष अघि देखि नै बनेपा नगरपालिका फोहोर व्यवस्थापनको मामलामा विवादित बन्दै आएको छ । कहिले डम्पिङ आसपासका जनताको आन्दोलन त कहिले शहर भरी फोहोर नै फोहोर भएर शहर बासीको आन्दोलन । तर पनि नगरपालिकाले यो समस्यालाई साम्य बनाउन सकेको छैन ।
केही समय अघि त नगरपालिका वरपरको फोहोर देख्दा त्यही नै ‘डम्पिङ साइट’ हो कि भन्ने भान हुन्थ्यो । शहर दुर्गन्धित हुँदा प्राचिन शहर बनेपाको शाख घट्दै गएको छ ।
अहिले पनि बनेपाका धेरै ठाउँमा फोहोरको डंगुर देख्न सकिन्छ ।
बनेपा न.पा. वडा नं. ९ स्थित बौद्ध वृद्धाश्रम, बहिरा विद्यालय, सुस्तमनस्थिति भएका बालबालिकालाई अध्ययन गराउने बाल विकास केन्द्र तथा आजाद माध्यमिक विद्यालय रहेको क्षेत्रमा फोहोरको डंगुर नै डंगुर छ । यस्तो क्षेत्र स्वस्च्छ, सफा हुनुपर्ने हो तर त्यस ठाउँमा विगत २ महिनादेखि फोहोरको थुप्रो लागेको छ ।

फोटो : दीपक तिमल्सिना

त्यसै क्षेत्रका एक स्थानीय भन्छन् – ‘२ महिना भयो फोहोर नउठेको, नगरपालिकाका जनप्रतिनिधिहहरू लाई धेरै पटक जानकारी गराउँदा पनि केही भएन ।’ सार्वजनिक ठाउँमा फोहोर फाल्ने मान्छे अन्धा हुन र सरोकार निकाय अपांग भएको भन्दै उनी थप्छन् – ‘ठुला मान्छे बोल्दैनन्, जनताका कुरा जनप्रतिनीधिले सुन्दैनन् ।’

धुलो, हिलो र फोहोरले गर्दा बनेपा हुँदै यात्रा गर्ने पूर्वी भेगका यात्रुहरुलाई समेत बनेपा त घाम लाग्दा धुलै–धुलो, पानी पर्दा हिलै–हिलो र अघिपछि फोहोरै–फोहोरको शहर हो कि भन्ने भान परिसकेको छ ।

फोहोरको समस्यालाई किनारा लगाउनुको सट्टा फोहोरलाई नै राजनीतिकरण गर्छन यहाँका स्थानीय राजनीतिकर्मीहरु । एक पक्ष भन्छन् – ‘नगरपालिकालाई असफल बनाउन विपक्षले नै फोहोर फाले ।’ तर अर्का पक्ष भन्छन् – ‘फोहोर व्यवस्थापन हाम्रो पनि जिम्मेवारी भएकाले यसको व्यवस्थापनका लागि नगरपालिकालाई सहयोग गर्छाै ।’

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि