२१ भाद्र २०७६, शनिबार ०८:५८

कर कार्यालय र बैंकमा एउटै वित्तीय विवरण भएमा मात्रै कर्जा प्रवाह हुने, विवरण फरक भएमा कारवाही हुने


मिडिया क्लब नेपाल । काठमाडौँ

बैंकबाट ऋण लिन र कर तिर्न फरक वित्तीय विवरण विवरण पेस गर्ने प्रवृति हटाउन सरकारले नयाँ प्रणालीको विकास गरेको छ ।
कर कार्यालयमा बुझाएको विवरणका आधारमा मात्रै वित्तीय संस्थाहरूले ऋण प्रवाह गर्नुपर्ने व्यवस्था गरेको छ । यससँग सम्बन्धित विवरण भर्नुपर्ने र त्यसको आधारमा ऋण दिनुपर्ने व्यवस्थासहितको राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई परिपत्र जारी गरेको छ ।
‘वित्तीय पारदर्शीताका लागि कर प्रशासनमा पेस गरेको वित्तीय विवरण र बैंक तथा वित्तीय संस्थामा पेश गरेको विवरणको सूचना आदानप्रदान गर्ने स्वचालित प्रणालीको विकास गरिएको’ उल्लेख गर्दै बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले परिपत्र गरेको हो ।
बैंक तथा वित्तीय संस्थाबाट ऋण लिनुपूर्व आन्तरिक राजस्व विभागले तयार पारेको एकीकृत कर प्रणालीमा आफ्ना विवरणहरू पेश गर्नुपर्नेछ ।
‘त्यो विवरणमा उल्लेखित वित्तीय अवस्थाबारे करदाताको अनुमतिमा बैंकलाई उपलब्ध गराइनेछ,’ यसबारे जानकार अर्थ मन्त्रालयका एक अधिकारीले भने, ‘उक्त विवरणलाई नै वास्तविक आम्दानी, नाफा, घाटाको आधार मानेर बैंकले ऋण लिनुपर्ने छ ।’
यसले कर छली, नक्कली वित्तीय विवरण प्रचलन र बैंकको ऋण डुब्ने जोखिमलाई कम गर्न सहयोग पुग्ने आशा गरिएको छ ।
‘कतिपय व्यवसायीहरूले धेरै नाफा देखाउँदै वित्तीय विवरण तयार पार्ने र ऋण लिने, कर तिर्दा घाटा देखाएर कम कर तिर्ने काम गरे,’ उनले भने, ‘यसले एकातिर कर छली भयो भने अर्कातिर घाटामा रहेका कम्पनीहरूलाई ऋण प्रभाव भई ऋण असुल नहुने जोखिम बढ्यो ।’ यो दुवै निरुत्साहित गर्ने उक्त व्यवस्था गरिएको अधिकारीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि