२९ आश्विन २०७६, बुधबार १८:२६

घोडा चढेर हिमालको चुचुरोमा पुगे उत्तर कोरियाली नेता किम जङ–अन


मिडिया क्लब नेपाल । उत्तर कोरियाली नेता किम जङ–अनले घोडा चढेर कोरियाको सबैभन्दा अग्लो हिमालमा पुगेको अन्र्तराष्ट्रिय समाचार संस्थाहरुले बताएका छन् ।

राज्य नियन्त्रित केसीएनएले जारी गरेका तस्बिरहरूमा किमले पेक्टु हिमाल क्षेत्रमा सेतो घोडा चढेको देखिन्छ ।
किमले दुई हजार ७५० मिटर अग्लो पेक्टु हिमाल चढेको यो पहिलो पटक भने होइन ।
उत्तर कोरियाको परिचयमा पेक्टु हिमालको विशेष स्थान छ र यसलाई किमको आफ्ना पिताको जन्मस्थल मानिन्छ ।
केसीएनएले बुधवार जारी गरेको समाचारमा भनिएको छ – पेक्टुको शिखरमा घोडामा बसेर उनले सो हिमाल जत्तिकै बलियो विश्वास र इच्छाले सबैभन्दा शक्तिशाली देश निर्माण गर्ने महान् कार्यका लागि गरेको कठिन सङ्घर्षलाई गहिरो भावले मनन गरेका छन् ।
सन् २०१७ मा उनले नयाँ वर्षको उपलक्ष्यमा दक्षिण कोरियासँगको कूटनीतिक सम्बन्ध सुधार हुनसक्ने सङ्केत गर्नु केही हप्ताअगाडि पेक्टु भ्रमण गरेका थिए ।
किमले तीन पटक सो हिमाल चढेर र एक पटक सन् २०१८ मा दक्षिण कोरियाली राष्ट्रपतिसँगै त्यहाँ भ्रमण गरेको बताइन्छ ।

एउटा सक्रिय ज्वालामुखी पेक्टुमा चार हजार वर्षभन्दा अगाडि पहिलो कोरिया अधिराज्यका संस्थापक ड्याङ्गुनको जन्म भएको मानिन्छ ।
चीन र उत्तर कोरियाको सीमामा रहेको यो हिमाल उत्तर कोरियाली राजधानीबाट सयौँ किलोमिटर टाढा पर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि