२९ आश्विन २०७६, बुधबार १८:५१

चिनको बिआरई योजना अन्तर्गत झापामा विशाल औद्योगिक पार्क निर्माण हुँदै


मिडिया क्लब नेपाल । चिनको महत्वकांक्षी योजना बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरई) अन्तर्गत नेपालको झापा जिल्लामा एउटा पूर्वाधार परियोजना शुरु गरिने भएको छ ।
चिन र नेपालमैत्री औद्योगिक पार्क नाम राखिएको पार्कको काम ल्हासा आर्थिक तथा प्राविधिक विकास क्षेत्र लगानी विकास कम्पनी लिमिटेडले शुरु गर्न लागेको हो ।
शुरुमा ४ सय चिनियाँ कामदार ल्याएर कामको सुरुवात गरिएको छ । नेपालीहरुलाई पनि क्षमता अनुसारको रोजगारी दिइने, खासगरी स्थानीयवासीलाई समेटिने बताइएको छ ।
लगानी बोर्ड र कम्पनीबीचमा आयोजना सम्बन्धि सबै प्रकारको सम्झौंता भइसकेको छ । पार्क झापाको दमक नगरपालिका, गौरादह नगरपालिकामा र कमल गाउँपालिकामा फैलिने बताइएको छ । यसको निर्माण सक्न करिब १० वर्ष लाग्नेछ ।
पार्क निर्माण गरि कम्पनीले ४० वर्षसम्म प्रयोग गर्न पाउने गरी नेपाल सरकारसँग सम्झौता भएको छ । ४० वर्षपछि यो पार्क नेपाल सरकारलाई हस्तान्तरण गरिनेछ ।
औद्योगिक पार्कबाट ४५ हजार जनालाई रोजगारी दिने लक्ष्य लिइएको छ । पार्कको जमिन अधिग्रहण अन्तिम चरणमा पुगेको कम्पनीले जनाएको छ ।
पार्कको डिपिआर निर्माण भैसकेको र केही संशोधनपछि काम सुरु गरिने आयोजनाका नेपाली प्रतिनिधिले बताएका छन् । उनिहरुका अनुसार औद्योगिक पार्कले नेपाल, भुटान, बंगलादेशका व्यवसायीलाई समेत समेट्छ ।
काठमाडौंबाट ३ सय ७० किलोमिटर दुरीमा रहेको पार्क ४ चरणमा निर्माण गरिनेछ । दुई चरणमा ९ सय २५ बिगाहा र ४ सय ११ बिघा जमिन अधिग्रहण भैसकेको छ । यस्तै तेस्रो चरणमा ३ सय ५८ बिघा जमिन अधिग्रहण गर्न प्रक्रिया अघि बढिसकेको बताइएको छ ।
नेपालको पुर्वपश्चिम राजमार्ग र भारतीय नाका नजिक रहेकोले पार्क सफल बन्नेमा कम्पनी विश्वस्त रहेको कम्पनीका प्रतिनीधिले बताएका छन् । चार चरणमा निर्माण गर्ने तयारी गरिएको यस पार्कको पहिलो चरणमा ४ सय २४ हेक्टर क्षेत्रफलमा विकास गरिनेछ । जसको लागि ७८ करोड ६० लाख अमेरिकी डलर खर्च गर्ने तयारी कम्पनीले गरेको छ । यसमध्ये १० लाख वर्गमिटर क्षेत्रफलमा उद्योग तथा कलकारखाना विस्तार गरिनेछ । १ लाख वर्गमिटरमा मापदण्डको आधारमा कारखाना स्थापना हुनेछ ।
३० हजार वर्गमिटरमा व्यवसायिक पूर्वाधारहरु निर्माण गरिनेछ । ५० हजार वर्गमिटर क्षेत्रफलमा कामदारका लागि बासस्थान बनाइनेछ । साथै कामदारलाई सहयोग पुग्नेगरी विभिन्न सांस्कृतिक सम्पदाहरुको निर्माण गरिनेछ ।
दोस्रो चरणमा ३ सय ६३ हेक्टर जमिनमा विकास, तेस्रो चरणमा ३ सय ७५ हेक्टर विकास गरिने कम्पनीले जनाएको छ । तेश्रो चरणको काम पहिलो चरणभन्दा छिटो सम्पन्न हुने बताइएको छ । चौथो चरणमा ४ सय २६ हेक्टर जमिनमा पार्क विस्तार गरिनेछ । यो चरणमा औद्योगिक भवन र आवश्यक पूर्वाधारहरु निर्माण गरिनेछ । पार्क निर्माण गर्दा प्राकृतिक स्रोत साधनको संरक्षणमा उच्च ध्यान दिइने कम्पनीको दाबी छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि