२९ आश्विन २०७६, बुधबार १९:२५

अन्तर्राष्ट्रिय सैन्य अभ्यासमा नेपाली सेना उत्कृष्ट


फोटो सौजन्य : नेपाली सेना

मिडिया क्लब नेपाल । बेलायतमा भएको अन्र्तराष्ट्रिय संयुक्त सैन्य अभ्यास ‘क्याब्रियन पट्रोल–२०१९’ मा नेपाली सेनाले स्वर्ण पदक प्राप्त गरेको छ ।
सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार प्रमुख सेनानी अशिम देव गुरुङको नेतृत्वमा गत असोज ६ गते गएको टोलीले पदक पाएको हो । २४ असोजबाट संयुक्त अधिराज्यको वेल्स, ब्रेकनमा अभ्यास भएको थियो, जसमा नेपालसहित ३४ देश र बेलायती फौजका १०६ समेत गरी १४० सैन्य टोली सहभागी थिए ।

फोटो सौजन्य : नेपाली सेना

नेपालबाट गुरुङको नेतृत्वमा गएको टोलीमा विशेष फौज बाहिनी, श्री पशुपतिप्रसाद गण र गौरीबक्स गुल्मका सदस्यहरु सहभागी रहेको बताइएको छ ।
सहभागी टोलीको लडाईँका लागि तयारी, नक्सा र कम्पासको भरमा उनीहरूले दिन र रातमा गर्ने निर्धारित स्थानसम्मको यात्रा, खोला तथा अन्य अवरोध पार गर्ने क्षमता, खबर सङ्कलन, घाइते–बिरामीको व्यवस्थापन, विस्फोटक पदार्थ पत्ता लगाउने क्षमता लगायत रसायनिक, जैविक र आणविक हतियार प्रहार भएको अवस्थामा अपनाउने सतर्कता समेतका दक्षता परिक्षण गरिने सैनिक पवक्ताले बताएका छन् ।
नेपालश्र सेनाले यो अभ्यासमा सन् २०१४ देखि नै भाग लिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि