१६ कार्तिक २०७६, शनिबार १३:५४

विप्लवमाथि कडा बन्दै गृहमन्त्री


गृहमन्त्री रामबहादुर थापा ‘बादल’

मिडिया क्लब नेपाल, काठमाडौं । मंसिर १४ गते हुने उपनिर्वाचनको सुरक्षा योजनाबारे गृह मन्त्रालय सम्बद्ध निकायमा छलफल सुरु भएको छ ।
गृहमन्त्री रामबहादुर थापाले उप–निर्वाचन नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले विथोल्न सक्ने भन्दै सचेत रहन सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।
चारवटै सुरक्षा निकाय सम्मिलित उपनिर्वाचन सुरक्षा कार्ययोजना बनिसकेको छ । उपनिर्वाचनमा फेरि पनि विप्लवले विथोल्न सक्ने सबै प्रकारका कार्यशैली निस्तेज पार्ने गरी सुरक्षा योजना बनाउन मन्त्री थापाले निर्देशन दिएका थिए । विगतका निर्वाचनमा सम्बन्धित जिल्लाबाट पक्राउ परेर छुटेका विप्लवका कार्यकर्तामाथि निगरानी बढाउने र आवश्यक परे पक्राउ गर्ने रणनीति प्रहरीले बनाएको छ ।

भयरहित र शान्तिपूर्ण तवरमा उपनिर्वाचन सम्पन्न गराउन मन्त्रीले सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका थिए ।
उपमहानगरपालिका प्रमुख १, गाउँपालिका अध्यक्ष ३, उपाध्यक्ष १, गाउँपालिका तथा नगरवडाध्यक्ष ४१, प्रदेशसभा सदस्य ३ र प्रतिनिधिसभा सदस्य १ गरी ५० पदका लागि आगामी मंसिर १४ गते उपनिर्वाचन हुँदैछ ।

सरकारले २०७५ फागुन २९ गतेबाट नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई प्रतिवन्ध लगाएको थियो । पार्र्टी प्रतिबन्धपछि नौ सय ५६ जना नेकपाका केन्द्रीय नेतादेखि कार्यकर्तासम्मलाई पक्राउ गरिसकेको छ । यी मध्ये नौ सयलाई मुद्दा दर्ता नै गरेर अनुसन्धान गर्दा सात सय १८ जना छुटिसकेका छन् । अहिले एक सय १५ जना पुर्पक्षमा कारागार चलान भएका छन् । ६८ जना अझै पनि प्रहरी अनुसन्धानमै छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार प्रदेश पाँचमा धेरै विप्लवका कार्यकता पक्राउ परेका छन् । गत फागुनदेखि हाल कात्तिक १५ गतेसम्म प्रदेश पाँचबाट मात्रै एक सय ९६ जना पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि